डा.थापालाई कारोना, श्वास प्रश्वासमा समस्या


सेतोखरी सेतोखरी   बिहीबार, असोज १, २०७७
डा.थापालाई कारोना, श्वास प्रश्वासमा समस्या

 

नेपालगन्ज : वेस्टर्न अस्पताल नेपालगन्जका प्रवन्ध निर्देशक तथा युवा व्यवसायी डा.राहुल थापालाई कोरोना पोजेटिभ देखिएको छ । डा.थापालाई विहिवार कोरोना भाइरस पोजेटिभ पुष्टी भएको हो । दुई दिनदेखि ज्वरो र घाँटीमा समस्या देखिएपछि डा.थापाले पिसिआर जाँचका लागि स्वाव दिएका थिए ।

Kids Festival 2022
kanti aarogya hospital

पिसिआर रिर्पोटमा कोरोना पोजेटिभ देखिएपछि उनी आइसोलेट भएर बसेका छन् । ‘श्वास प्रश्वासमा अलि समस्या देखिरहेको छ गाह्रो भएपछि अस्पताल भर्ना हुनु पर्ला ।’ डा.थापाले सेतोखरीसँग भने ।

नेपालगन्ज चारवाहिनी स्थित आफ्नो वेस्टर्न हस्पिटल सम्हाल्दै आएका राहुल हाडजोर्नी विशेषज्ञ चर्चित डा.विनोद थापाका छोरा हुन् । अस्पतालको प्रशासनिकदेखि विरामीको उपचारकै क्रममा उनलाई कोरोना पोजेटिभ देखिएको हो । मिलनसार र भद्र स्वाभावका डा.थापा युवा व्यवसायीका रुपमा अहिले नेपालगन्जमा उदाइ रहेका छन् ।