सापटको पीसिआर किटबाट कोरोना परीक्षण गर्दै भेरी अस्पताल


सापटको पीसिआर किटबाट कोरोना परीक्षण गर्दै भेरी अस्पताल

नेपालगन्ज : भेरी अस्पतालमा पीसिआर किटको अभाव भएसगैं कोभिड–१९ परीक्षण रोकिएकोछ । पीसिआर किट अभावका कारण असोज १ गतेदेखि भेरीको प्रयोगशालामा कुनैपनि स्वाब परीक्षण हुन सकेन । प्रयोगशालामा स्वाब परीक्षण नभएपछि भेरीले कुनैपनि रिर्पोट सार्वजनिक गरेको छैन ।

पीसिआर किट अभावका कारण यतिबेला भेरी अस्पाताल नेपालगन्जको प्रयोगशालामा कोभिड–१९ परीक्षण बन्द जस्तै भएकोछ । पछिल्लो ६ दिन देखि कोभिड–१९ परीक्षणका लागि प्रयोग हुने पीसिआर किट अभाव रहेको भेरी अस्पताल नेपालगन्जको मेसु डाक्टर प्रकाश थापा बताउँछन् ।

जेनतेन जोहो गरेर आपतकालिन अवस्था र लक्षण देखिएका ब्यक्तिको मात्र कोभिड–१९ परीक्षण गर्न बाध्य भएको भेरी अस्पतालले पीसिआर किट अभाव भएपछि केन्द्रमा माग गरेको हप्तौ भइसक्यो । तर, यसको पूर्ती हुन पनि अझ हप्तौ दिन लाग्नेछ ।

यस्तो अवस्थामा भेरी अस्पताल नेपालगन्जले प्रादेशिक अस्पताल सुर्खेतबाट २ सय ७० पीसिआर किट ल्याएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

कोरोना भाइरस परीक्षणका लागि आवश्यक पर्ने पीसिआर किट सकिएपछि प्रादेशिक अस्पताल सुर्खेतबाट सापटमा २ सय ७० वटा पीसिआर किट ल्याइएको भेरी अस्पताल नेपालगन्जका मेसु डाक्टर थापाले जानकारी दिए ।

उनले भने कोभिड–१९ परीक्षणको कार्य प्रभावित भएपछि रातारात सुर्खेत पुगेर पीसिआर किट लिएर आयौं । सापटमा ल्याइएको पीसिआर किटबाट परीक्षणका कार्य भइरहेको छ ।

अस्पतालमा उपचाररत विरामीहरुको परीक्षण गर्न समेत पीसिआर किट नभएपछि सुर्खेत पुगि प्रादेशिक अस्पतालबाट पीसिआर किट ल्याउनु परेको बताए ।

उनले भने –‘सीमित मात्रामा पीसिआर किट ल्याइएकोले आपतकालिन तथा अस्पतालमा उपचाररत विरामी बाहके अन्यको पीसिआर परीक्षण गर्न असमर्थ छौं ।’