वर्ल्डलिङ्क २६ वर्षमा प्रवेश यस्तो छ ईतिहास


वर्ल्डलिङ्क २६ वर्षमा प्रवेश यस्तो छ ईतिहास

नेपालगन्ज : ईन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क २६ वर्षमा प्रवेश गरेकोछ । देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्प्युनिकेसन्स लिमिटेडलेले आफ्नो स्थापनाको २५ वर्ष पुरा गरेको छ । सन् १९९५ मा ईमेल सेवासँगै सुरु भएको वर्ल्डलिङ्कको यात्राले मंगलबार २५ औं वसन्त पार गरेको हो ।

अध्ययनका लागि अमेरिकामा रहेका दीलिप अग्रवालले सन् १९९५ नेपालमा रहेका आफ्ना आमाबुबासँग इन्टरनेटमा जोडिने रहर पुरा गर्न सेवाको थालनी गरेका थिए । अहिले एफटीटीएच प्रविधि सहित वर्ल्डलिङ्कको इन्टरनेट सेवा देशका ७३ जिल्लामा विस्तार भइसकेको छ ।
नेपालमा प्रयोग हुने कूल इन्टरनेट ब्याण्डविथ मध्ये ४३ प्रतिशत ब्याण्डविथ वर्ल्डलिङ्कबाट नै खपत भइरहेको छ ।

कम्पनीका अध्यक्ष अग्रवालले हरेक तीन जना प्रयोगकर्तामा एक जना प्रयोगकर्ता वर्ल्डलिङ्कको हुनु आफ्ना लागि गर्वको विषय भएको बताए । कम्पनीले ३५ सयभन्दा बढी दक्ष कर्मचारीलाई रोजगारी समेत प्रदान गरिरहेको छ ।

कम्पनीले अहिले समग्र दूरसञ्चार क्षेत्रकै तेस्रो ठूलो कम्पनीको रुपमा स्थापित भइसकेको छ । वर्ल्डलिङ्क नेपाल सरकारलाई धेरै भ्याट तिर्ने दशौं तथा सूचना प्रविधि क्षेत्रबाट आयकरमा पहिलो ठूलो कम्पनीको हो । हाल चार लाख घरायसीका साथै दश हजार कर्पोरेट तथा सरकारी ग्राहक छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

सन् २०१४ मा सय करोड लगानी गर्ने योजनाका साथ सुरु गरिएको एफटीटीएच पूर्वाधारले कम्पनीलाई नयाँ उचाईमा पु¥याएको हो । सन् २०१७ मा ग्रामीण दूरसञ्चार विकास परियोजना हात पारेको कम्पनीले २०१९ मा उक्त आयोजना सफलतापूर्वक सम्पन्न गरी कर्णाली जस्तो विकट क्षेत्रमा समेत आफ्नो इन्टरनेट सेवा दिँदै आएको छ ।

फ्री वाईफाई, सेफ्टी नेट, इन्टरनेट सेवामा पहिलो विदेशी लगानी भित्र्याएर वर्ल्डलिङ्कले छुट्टै पहिचान बनाउन सफल भएको छ ।

सन् १९९६ नेपालमै पहिलो पटक लिनक्सको प्रयोग गरेको कम्पनीले सन् १९९७ मा डायलअप इन्टरनेट सेवाको सुरुवात ग¥यो । काठमाडौंमा सीमित रहेको इन्टरनेट सेवा सन् १९९९ मा काठमाडौं बाहिर समेत विस्तार हुन थाल्यो ।

सन् १९९९ अन्तर्राष्ट्रिय ब्याण्डविथको लागि भिस्याटको प्रयोग सुरु गरेको वर्ल्डलिङ्कले सन् २००० वायरलेस ब्रोडब्याण्ड इन्टरनेट सेवा दिन थाल्यो ।

त्यसपश्चात सन् २००१ नेपालमै पहिलो कन्टेन्ट क्यास सेटअप गर्न कम्पनीले अकामाईसँग साझेदारी ग¥यो ।

कम्पनीको भिस्याटमार्फत सन् २००२ देशका प्रमुख शहरहरु आपसमा जोडिए । सन् २००३ मा केबल इन्टरनेट सेवाको सुरुवात पनि कम्पनीको जीवनमा महत्वपूर्ण कोशेढुङ्गा बन्यो ।

सन् २००६ मा वायरलेस प्रविधिबाट राष्ट्रव्यापी सेवा आरम्भ गरेको वर्ल्डलिङ्क त्यसको दुई वर्षपछि अन्तर्राष्ट्रिय क्रसबोर्डर फाइबर कनेक्टिभिटीमार्फत भारतसँग जोडियो ।

लोकप्रिय हुँदै गएको गुगलसँग सन् २०१० मा कन्टेन्ट क्यासको लागि साझेदारी भयो । सन् २०१२ मा १० एमबीपीएस केबल इन्टरनेट सेवाको सुरुवातले इन्टरनेट अनुभवलाई नयाँ स्तरमा पु¥याउने काम गरेको अध्यक्ष दीलिप अग्रवाल बताउँछन् ।

‘हामीले सन् २०१४ घर घरमा फाइबर इन्टरनेट पु¥याउने सेवाको सुरुवात ग¥यौं,’ उनी स्मरण गर्दै भन्छन्, ‘त्यसको दुई वर्षपछि हामीले नेपालमै पहिलो पटक आईपीटीभी सेवा समेत दिन थाल्यौं ।’

कन्टेन्ट क्यासको लागि सन् २०१६ मा फेसबुकसँग साझेदारी भयो । कम्पनीको योगदानलाई कदर गर्दै सरकारले सन् २०१७ सूचना तथा सञ्चार क्षेत्रमा उच्चतम करदाताको रुपमा सम्मान प्रदान ग¥यो ।

इन्टरनेटमा बालबालिकाहरुको सुरक्षाका लागि सन् २०१७ मा कम्पनीले आफ्नो सेवामा सेफनेटको अवधारणा ल्यायो । यस्तै सबै व्यक्तिहरुमा इन्टरनेट पहुँच पु¥याउने उद्देश्यका साथ कम्पनीले सन् २०१८ सार्वजनिक स्थानहरुमा फ्री वाईफाई जडान गर्ने परियोजना सुरु ग¥यो ।

आईपीभी सिक्सको प्रयोग गर्नेमा पनि वर्ल्डलिङ्क नेपालकै पहिलो सेवा प्रदायक हो । कम्पनीले सन् २०१८ मा यसको सुरुवात गरेको थियो । सन् २०१९ नेपाल सरकारको आईसीटी पुरस्कारबाट कम्पनी सम्मानित भयो । सन् २०१९ मा कर्णालीको सबैभन्दा दुर्गम भागहरुमा ब्रोडब्याण्ड इन्टरनेट सेवाको विस्तार गर्ने काम समेत कम्पनीको जीवनमा एउटा गौरवपूर्ण परिघटनाको रुपमा रहेको छ ।