File Photo
नेपालगन्ज : बाँकेमा कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लागिरहदाँ कोरोनालाई जित्नेको संख्या दिनहुँ बढिरहेकोछ । यकातिर कोरोना ग्राफ उकालो लाग्दा आम सर्वसाधरणमा यसले त्रास फैलाएको छ । तर, कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लागिरहदाँ पछिल्लो पटक बाँकेमा डिस्चार्ज हुनेको संख्यामा दिनहुँ बढोत्तरी भएकोछ ।
स्वास्थ्य कार्यालय बाँकेको तथ्यांकलाई हेर्ने हो भने भदौ २८ र २९ गते १२÷१२ जना कोरोना संक्रमित डिस्चार्ज भएकाछन् । त्यसको भोलीपल्ट असोज ३० गते १८ महिला र २४ पुरुष गरि ४२ जनाले कोरोना जितेर घर फर्केका थिए ।
त्यसैगरि भदौ ३१ गते ५ महिला र ५ पुरुष गरि १० जना कोरोना संक्रमित डिस्चार्ज भए । भने असोज १ गते थप १० जनाले कोरोना भाइरसलाई हराउँदै घर फर्केका थिए ।
बाँकेमा कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लागिरहदाँ कोरोनालाई जितेर घर फर्किनेको संख्या उल्लेख्य मात्रामा बढेपछि आम सर्वसाधरणमाझ यसले सकारात्मक सन्देश दिएकोछ । यद्यपी कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेकाले सावधानी अपनाउनु नै बुद्धिमता हो ।
स्वास्थ्य कार्यालय बाँकेका अनुसार शुक्रबार जिल्लाका विभिन्न अस्पताल तथा आइसोलेसन रहि उपचाररत ६० जना कोरोना संक्रमित डिस्चार्ज भएकाछन् । यसरी निको हुनेमा बालबालिकादेखि प्रहरीसम्मका रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
यस्तै शनिबार बाँके थप ११ जना कोरोना संक्रमित निको भइ घर फर्केकाछन् । योसगैं बाँकेमा डिस्चार्ज हुनेको संख्या एक हजार दुई सय ३ पुगेको छ ।
यसैगरी शनिबार दिउँसोसम्मको तथ्यांकलाई हेर्दा बाँकेमा कुल संक्रमित संख्या एक हजार ५ सय ५६ रहेको छ । भने सक्रिय संक्रमित संख्या ३ सय ३५ रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । कुल संक्रमित संख्यामा निको हुनेको संख्या ७७.१० रहेको छ ।
यसबीच बाँकेमा ९ जना ब्यक्तिले ज्यान गुमाइसकेकाछन् । जसमा नेपालगन्ज उपमहानगरपालिकामा मात्रै ९ जना रहेको बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठ बताउँछन् ।
उनका अनुसार जिल्लामा ४ महिला र ५ पुरुष गरि ९ जनाको मृत्यु भएकोछ । बाँकेको नरैनापुर गाउँपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिकाका कोरोना संक्रमितको मृत्यु भएको छ ।