सर्वसाधरण घरेलु हतियार लिएर निस्केपछि सर्लाहीमा कर्फ्यू


सर्वसाधरण घरेलु हतियार लिएर निस्केपछि सर्लाहीमा कर्फ्यू

नेपालगन्ज : सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यु आदेश जारी गरिएको छ ।

शुक्रबार विश्वकर्माको मूर्ति विसर्जन गर्ने क्रममा दुई पक्षबीच झडप हुँदा झण्डै एक दर्जन व्यक्ति घाइते भएपछि यतिबेला सर्लाही सदरमुकाम मलंगवा तनावग्रस्त छ ।

स्थानीय प्रशासनले स्थिती नियन्त्रणमा लिन सेलाउन लगिएको मूर्ति जिल्ला प्रहरी कार्यालयमा राखेर दुबै पक्षबीच छलफल भइरहदाँ घरेलु हतियार लिएर सर्वसाधरण निस्कन थालेपछि कर्फ्यु लगाइएको हो ।

जिल्ला प्रशासन सर्लाहीले शनिबार दिउँसो १ बजेर ३० मिनेटदेखि आईतबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

उनका अनुसार सर्वसाधारणलाई घरबाट बाहिर निस्किन नदिन स्थानीय प्रशासन ऐन २०२८ अनुसार कर्फ्यु लगाइएको छ ।