नेपालगन्ज : वडाअध्यक्ष रामलखन थारुले चलाएको मोटरसाईकलले ठक्कर दिदाँ ७ वर्षिया बालिका गम्भीर घाइते भएकी छन् ।
मोटरसाईकल ठक्करबाट गम्भीर घाइते भएकी ७ वर्षिया सीमा तेलीको यतिबेला नेपालगन्ज मेडिकल कलेजको आइसियुमा राखेर उपचार भइरहेको छ ।
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष थारुले चलाएको भे १ ब ९५७ नम्बरको मोटरसाईकलले शनिबार दिउँसो साढे २ बजे फत्तेपुर नयाँवस्तीका ७ वर्षिया बालिकालाई ठक्कर दिएपछि उनको दाहिने खुट्टा दुई ठाउँबाट भाँचिएको छ भने टाउकोमा समेत गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
वडाअध्यक्षले चलाएको मोटरसाईकलबाट गम्भीर घाइते भएकी ती बालिकाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेकोछ । दुर्घटना भएको एकदिन वित्नै लाग्दा बालिकाको स्वास्थ्य अवस्थामा सुधार हुन नसकेको अस्पताल स्रोतले जनाएकोछ ।
अस्पताल स्रोतका अनुसार बालिकाको टाउकोमा चोट लाग्नुका साथै दाहिने खुटट दुई ठाँउबाट भाचिँएकाले ४८ घण्टा पछि मात्र थप उपचारको प्रकृया अगाडी बढाउन मिल्ने सेतोखरीलाई जानकारी प्राप्त भएकोछ ।
दुर्घटना लगत्तै बाँके प्रहरीले नियन्त्रणमा लिएका ३२ वर्षिय वडाअध्यक्ष थारुलाई यतिबेला रोहवरमा छाडिएको छ ।
सेतोखरीसगं कुरा गर्दै बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले भने–‘नेपालगन्ज मेडिकल कलेजमा उपचाररत बालिकाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन म स्वयम मेडिकल कलेज पुगेको थिए । बच्चाको उपचारकाको सम्पूर्ण खर्च वडाअध्यक्ष थारुले ब्यहोर्ने र उचित उपचार नेपालगन्जमा हुन नसके काठमाण्डौं समेत लाने उहाँहरुले प्रतिबद्धता दिनुभएकोछ ।’