महिला उद्यमी वीनालाई रक्षक सेक्युरिटिजको सहयोग


महिला उद्यमी वीनालाई रक्षक सेक्युरिटिजको सहयोग

नेपालगन्जः नेपालगन्जकी महिला उद्यमी वीना शर्माको उपचारको लागि रक्षक सेक्युरिटिजले ५ हजार रुपैयाँ सहयोग गरेको छ ।

सेक्युरिटिजका अधिकृत गणेश बहादुर राईले शर्माको निवासमा पुगेर उनको उपचार सहयोग अभियानमा खटेकी महिला उद्यमी दीला शाह मार्फत उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

‘उहाँको उपचारमा धेरै रकम आवश्यक छ ।’ अधिकृत राईले भने –‘ हाम्रो सानो सहयोगले पनि उहाँलाई केही राहत होस् भनेर रक्षकले सहयोग गरेको हो ।’

काठमाण्डौं बालुवाटारमा प्रधान कार्यालय रहेको रक्षक सेक्युरिटिजको नेपालगन्ज कार्यालयले प्रदेश नम्बर ५, ६ र ७ हेर्दछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

विना शर्मा कुनै समयको अति व्यस्त साथी कृष्ण कटेजकी सञ्चालक हुन् । सानो पसलबाट शुरु गरेर सफल उद्यमी बनेकी शर्मा केही समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित छन् । उनको उपचारमा सहयोग अभियान थालिएको छ ।