मिनि ट्रकले किच्दा पिपरीमा ७० वर्षिय बृद्धाको मृत्यु


मिनि ट्रकले किच्दा पिपरीमा ७० वर्षिय बृद्धाको मृत्यु

नेपालगन्ज : मिनी ट्रकले किच्दा पैदल यात्रुको घटना स्थलमै मृत्यु भएकोछ ।

नेपालगन्जदेखि कोहलपुरतर्फ गइरहेको भे १ क १६५३ नम्बरको मिनि ट्रकले सोमबार बेलुका पौने ७ बजे पिपरीचोक नजिक किच्दा कोहलपुर नगरपालिका वडा नम्बर–९ झण्डहवा निवासी ७० वर्षिय सरटिया थारुको मृत्यु भएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार मिनि ट्रकले तिव्रगतिमा रहेको मिनि ट्रकले किच्दा स्थानीय बृद्ध थारुको ज्यान गएको र उनको शव क्षतविक्षत भएकोछ ।

घटना लगत्तै मिनि ट्रक चालक र ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला ट्राफिक कार्यालय बाँकेमा राखिएकोछ ।