पछिल्लो २४ घण्टामा कोरोना संक्रमित थप २ जनाको मृत्यु


पछिल्लो २४ घण्टामा कोरोना संक्रमित थप २ जनाको मृत्यु

नेपालगन्ज : कोरोना भाइरस संक्रमित मृतक संख्या उकालो लागिरहेका बेला पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएकोछ । योसँगै मृत्यु भएको संख्या ४ सय २९ पुगेको छ ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार काठमाडौंका ५० वर्षिय पुरुष र काभे्रपलाञ्चोकका ५० वर्षिय महिलाको मृत्यु भएको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

सोमबार कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट आईतबार देशभर १० जनाको मृत्यु भएको थियो भने शनिबार ११ जनाको मृत्यु भएको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३५६ संक्रमित भेटिएका छन् । योसँगै संक्रमितको सख्या ६६ हजार ६३२ पुगेको छ । देशभर ८२३ जना संक्रमणमुक्त भएपछि संक्रमणमुक्त हुनेको सख्या ४८ हजार ६१ जना पुगेको छ ।