‘बुटवल हुँदैन्, बुटवल भए कर्णाली गईन्छ’


‘बुटवल हुँदैन्, बुटवल भए कर्णाली गईन्छ’

नेपालगन्ज : प्रदेशको नामाकरण र यसको स्थायी राजधानी तोक्ने विषयमा वहस भइरहदाँ बाँकेबासीले बुटवल बाहेक पायक पर्ने ठाउँमा राजधानी हुनुपर्ने एजेण्डा अघि सारेका छन् । यदि त्यसो नभए बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिलाउन पर्ने उनीहरू बताउँछन् ।

उनीहरूले बुटवल बाहेक पश्चिम राजापुदेखि नवलपरासीलाई पायक पर्ने ठाउामा राजधानी तोकिनुपर्ने बताएका छन् । पश्चिम नेपालकै ब्यापारिक तथा औद्योगिक क्षेत्र बाँके र बर्दियालाई प्रदेश पाँचमा राख्नु वैज्ञानिक दृष्टिकोणले उपयुक्त नभएको उनीहरूको भनाईछ । नेपालगन्ज वडा नम्बर एकका समाजसेवी तर्कबहादुर क्षेत्रीले बाँके र बर्दियालाई प्रदेश पाँचमा नभइ कर्णाली प्रदेशमा मिसाउनुपर्ने माग गरेका छन् । उनले भने हामीलाई प्रदेश पाँचमा राखिदा उल्टो भयो । सम्भवत बुटवल भएपनि हरेक दृष्टिकोणले हामीलाई अप्ठेरो र असहज हुने हुँदा कर्णाली प्रदेशमा राख्नुपर्ने उनको तर्कछ ।

पत्रकार कमल न्यौपानेले सद्भावसंग कुरा गर्दै भने– बाँके र बर्दिया प्राकृतिक, साँस्कृतिक, धार्मिक, सामाजिक र भौगोलिक हिसाबले कर्णाली प्रदेशसँग नजिकछ । यो जिल्ला दुई कर्णाली र प्रदेश ७ को नाका भएकाले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउदाँ यसक्षेत्रमा आर्थिक क्रान्ति मात्र हुदैन दुवै प्रदेशले यहाँबाट लाभ लिन सक्छन् । प्रदेशको संरचना निर्माणका क्रममा देखिएको त्रुटिले बाँके र बर्दियालाई प्रदेश पाँचमा राख्दा यी जिल्ला ओझेलमा पर्नुका साथै अस्तित्व संकटमा पर्ने पत्रकार न्यौपानेको भनाईछ ।

बर्दियाका युवा विद्यार्थी नेता नारायण गौतमले भने हामी प्रशासनिक सेवा लिन जाँदा बुटवल धाउँदा यहाँका जनतकालागि सहज हुदैन । सवैकुरामा सम्पन्न बाँकेमै प्रदेश पाँचको राजधानी तोक्दै यसको नामाकरण गर्नुपर्छ यदि त्यसो हुननसकेको खण्डमा बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउनुको विकल्प छैन ।

Kanti Aarogya Hospital Nepalgunj

कर्णाली प्रदेश र प्रदेश ७ का जनताका आधारभूत आवश्यकता पुरा गर्न उनीहरू बाँके र बर्दिया नै धाउने हुँदा बाँके र बर्दियालाई कर्णाली प्रदेशमा समाहित गर्न बाँकेका जनताले दवाव सिर्जना समेत गर्ने बताइएकोछ । हामीलाई सरकारले विभेद गरेकोछ । प्रदेश संरचनाको डिजाईन नै गलत छ । यसरी बाँके र बर्दियाले प्रदेश पाँचबाट लाभ लिनै सक्दैन नेपालगन्जका ब्यापारी कैयुम खानले भने हाम्रा सवै ब्यापारहरू सुर्खेत, दैलेख, अछाम, कालिकोट लगायतका जिल्लामा छ । त्यसक्षेत्रका जनतासगं हामी प्रत्येक्ष जुडिएका छौं । सवैक’राले कर्णाली प्रदेशमै गाभिनु उपयुक्त हुन्छ खानले बताए ।