आधा शूल्क घटाउन माग


आधा शूल्क घटाउन माग

नेपालगन्ज : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असोज दोस्रो सातासम्म विद्यार्थी भर्ना गराइसक्नु पर्ने निर्देशन दिएकोछ । शिक्षा मन्त्रालयले तयार पारेको विद्यालय शिक्षा सम्बन्धी आकम्मिक कार्ययोजनामा विद्यालय भर्ना हुन बाँकी र स्थानान्तरित विद्यार्थीलाई असोज दोस्रो सातासम्म भर्ना गराइसक्नुपर्ने निर्देशन दिइएको हो ।

मन्त्रालयको कार्ययोजना अनुसार असोज पहिलो साताभित्र शिक्षकहरू कार्य स्थलमा पुगिसक्नुपर्ने, शिक्षक घरदैलो कार्यक्रम सञ्चालन गर्नुपर्ने र असोज दोस्रो साताभित्र विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुगिसक्नुपर्नेछ ।

मन्त्रालयको यस्तो निर्देशनसगैं कोरोना महामारीकाबीच बन्द भएका विद्यालय खुल्छ की भन्ने आँकलन गरिएकोछ । यद्यपी नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण विद्यालय कहिले खुल्छ निश्चित छैन ।

देशमा कोरोना भाइरस संक्रमण र यसले सिर्जना गरेको अवस्थालाई मध्यनजर गर्दा दूर शिक्षाको विकल्प नभएको शिक्षाविदहरू बताउँछन् ।
यसबिच बन्द भएका विद्यालयहरुले अनलाईन कक्षा सञ्चालन गरेर पठनपाठन शुरु गरेको बताएपनि कतिपय विद्यालयले शूल्क समेत असुलेका छन् । विद्यार्थीको अपग्रेडका लागि भएपनि अनलाई कक्षा लिनुपर्ने विद्यालयले अभिभावकलाई बाध्य बनाएकाछन् । अनलाइन कक्षा सञ्चालन गरेकै आधारमा विद्यालयहरूले साधारण अवस्थामा जस्तो पूर्ण शूल्क लिन नमिल्ने अभिभावकहरूको माग छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

संस्थागत विद्यालय अभिभावक संघका अध्यक्ष सुवास भण्डारी संक्रमणकालीन शूल्क निर्धारण गर्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘यस्तो बेलामा मासिक शूल्कको ५० प्रतिशत भन्दा बढी शूल्क लिनै मिल्दैन ।’

अभिभावक संघ नेपालका अध्यक्ष केशव पुरी खाँदै नखाएको खाजा, प्रयोग नै नगरेको यातायात, प्रयोगशाला, पुस्तकालय जस्ता शीर्षकमा शूल्क लिन नहुने बताउँछन् । बोर्डिङहरूले शूल्क निर्धारण गर्दा लकडाउन र निषेधाज्ञाको मारमा अभिभावक पनि परेका छन् भन्ने बिर्सन नहुने पुरीको सुझाव छ ।

असोजको दोस्रो हप्तामा प्रवेश गर्नै लाग्दा सामुदायिक तथा संस्थागत विद्यालयहरुमा विद्यार्थी भर्ना हुन धेरै बाँकी छ । कोरोना भाइरस संक्रमणसगैं सिर्जित असहज परिस्थितीले अभिभावकहरु आर्थिक भारमा परेकाछन् ।

दैनिक गुजारा समेत चलाउन धौधौ भएकाबेला विद्यालय खोल्ने प्रयासमा सरकार रहेकोप्रष्ट हुन्छ । भर्खरै खुलेको यातायात र काठमाण्डौंमा घरबेटीहरुले पीसिआर जाँचको रिर्पोट विना प्रवेश निषेधको उर्दीका कारण असोज महिनामा विद्यालय सञ्चालन हुने अवस्था देखिदैन । अझ दिनहुँ कोरोना भाइरस संक्रमण र मृतकको संख्या हेरेर अभिभावक मात्र नभइ स्वयम विद्यार्थी विद्यालय जान चाहिरहेका छैनन् ।

असोज लगतै कार्तिकमा बडादशै र तिहार भएकाले कार्तिक महिनामा कुनैपनि हालतमा विद्यालय खोल्न सकिने अवस्था छैन । विद्यालय खोलिहाल्यौं भने मंसिर पहिलो सातामा मात्र सम्भव देखिन्छ यद्यपी त्यो अवस्थासम्म देशमा कोभिड–१९ को स्वरुप र अवस्था के हुने हो त्यसमा भर पर्छ ।

अहिलेको भन्दा सामान्य अवस्था भइहाल्यो भने पनि सबै विद्यार्थीलाई पाठ्यपुस्तक अभावले सताउनेछ । भने अर्कोतर्फ विद्यार्थी र शिक्षकमाथि थप शैक्षिक भार हुनेछ । मंसिर मध्यबाट मौसमि परिर्वतन र उच्च पहाडी तथा हिमाली जिल्लाका क्षेत्रमा शैक्षिक गतिविधि पुष र माघ महिनाभरि हुनसक्दैन ।