बाँकेमा कुल कोरोना संक्रमित संख्या १७०२ पुग्यो

तीन प्रयोगशालाबाट थप २८ जनामा कोरोना पुष्टि


बाँकेमा कुल कोरोना संक्रमित संख्या १७०२ पुग्यो

नेपालगन्ज : बाँकेका तीन वटा प्रयोगशालामा गरिएको पीसिआर परीक्षणमा १३ महिला र १५ पुरुष गरि थप २८ जनामा कोरोना संक्रमण देखिएकोछ ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट १६ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट९ जना र बागेश्वरी डाइग्नोस्टिक पोलिक्लिन ल्याबबाट ३ जना ब्यक्तिमा कोरोना संक्रमण देखिएको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

योसगैं बाँकेमा कोरोना संक्रमण पोजेटिभ हुनेको संख्या १ हजार ७ सय २ पुगेकोछ । जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार बुधबार थप ७७ जना निको भइ घर फर्केकाछन् ।

योसगै बाँकेमा एक हजार ३ सय ३७ जनाले कोरोना जितेका छन् । भने ११ जनाको मृत्यु भएकोछ । हाल जिल्लाका विभिन्न अस्पताल तथा आइसोलेसनमा ३५४ जना उपचाररत रहेकाछन् ।