कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु


कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

नेपालगन्ज : नेपालमा बुधबार ७ थप जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ३६ पुगेको छ ।

मन्त्रालयका अनुसार ५ वटा जिल्लाका १ महिला र ६ पुरुष गरी ७ जनाको मृत्यु भएको छ । झापाका ८६, सिरहाका ५० वर्षीय पुरुष, काठमाडौंकी ६८ वर्षीया महिला र १६ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै, ललितपुरका ७४, बर्दियाका ६४ र ३९ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यसअघि मंगलबार दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भयो भने सोमबार १६ जनाको मृत्यु भएको थियो ।

त्यसैगरी कोरोना संक्रमणबाट आइतबार देशभर १० जनाको मृत्यु भएको थियो भने शनिबार ११ जनाको मृत्यु भएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६४ प्रतिशत छ ।