साग पदक विजेतालाई डुडुवाद्धारा नगदसहित सम्मान


साग पदक विजेतालाई डुडुवाद्धारा नगदसहित सम्मान

डुडुवा (बाँके) : १३ औं दक्षिण एसियाली खेलकुद सागमा रजत पदक प्राप्त गर्ने डुडुवा गाउँपालिकाका दुई जना खेलाडी र दुई जना कोचलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ ।

२०७६ मंसिरमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित सागमा डुडुुवा गाउँपालिका वडा नम्बर ५ का शुसिला चन्द र निर्मला घर्तिमगरले रजत पदक प्राप्त गरेको र कोच खेलाडी पदम बहादुर बुढाथोकी र मुम्ताज अलीले खेलको माध्यमबाट गाउँपालिकाको नाम पहिचान गराएकोमा उनीहरुलाई सम्मान गरिएको हो ।

गाउँपालिकामा बुधबार एक कार्यक्रमको आयोजना गरि दुबै जना खेलाडीलाई दोसल्लासहित कदर पत्र र नगद रु जनही ५० हजारका दरले सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायले बताए ।

चारै जना खेलाडीलाई गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले नगदसहित सम्मान गरेका थिए । सम्मान गर्दै गाउँपालिका अध्यक्ष चौधरीले खेलकुदको माध्यमबाट राष्ट्रियस्तरमा नै गरिमा बढाएको र डुडुवाको नाम समेत उचो राखेको भन्दै खेलाडीको थप हौसला तथा उत्प्रेरणा जगाउन सम्मान गरेको बताए । उनले भने– ‘यो सम्मानले यहाँका थप स्थानीय खेलाडीहरुको उत्प्रेरणा बढाउनमा मद्दत गर्दछ ।’

Kanti Aarogya Hospital Nepalgunj

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्याय, शिक्षा तथा खेलकुद शाखा प्रमुख संजयकुमार कर्ण लगायतको सहभागिता रहेको थियो ।