थप १७ जना कोरोना संक्रमितको मृत्यु


थप १७ जना कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज : कोरोना भाइरस संक्रमित थप १७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ५३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ वटा जिल्लाका ५ महिला र १२ पुरुष गरी १७ जनाको मृत्यु भएको जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोना संक्रमित मृत्यु हुनेमा काठमाडौंका ८२ वर्षीया महिला, ७५, ७९ र ८० जना वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै मोरङका ५५ वर्षीया महिला, झापामा ७८ वर्षीय पुरुष, सुनसरीका ८१ वर्षीया महिला, धनुषाका ६८ र ७० वर्षीय पुरुष, रौतहटका ६५ वर्षीय पुरुष, भक्तपुरका ७३ वर्षीया महिला र ८४ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएकोछ ।

यसैगरी धादिङका ३२ वर्षीया महिला, तनहुँका ३९, दाङका ३९, कपिलवस्तुका ५० र नवलपरासीका ५५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले बिहीबार नियमित प्रेस व्रिफिङ्गमा बताएको हो ।

यसअघि बुधबार कोरोना संक्रमणबाट ७, मंगलबार दुई र सोमबार १६ जनाको मृत्यु भएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

कोरोना संक्रमणबाट आईतबार देशभर १० जनाको मृत्यु भएको थियो भने शनिबार ११ जनाको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ ।