बुधबार थपिए १४९७ कोरोना संक्रमित

२८ जनाको भेन्टिलेटरमा, २३२ जनाको आईसीयूमा राखेर उपचार हुँदै, ४५३ जनाको मृत्यु


बुधबार थपिए १४९७ कोरोना संक्रमित

नेपालगन्ज : नेपालमा थप एक हजार ४९७ कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ४९७ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ११ हजार ४ सय ४९ जनाको पीसीआर परीक्षण गर्दा यी ब्यक्तिमा कोरोना संक्रमण देखिएको हो । योसगैं नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६९ हजार ३ सय १ पुगेको छ ।

बिहीबारसम्म ९ लाख ५५ हजार ९ सय २३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । भने योसगैं देशभर बिहीबारसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय ३७ पुगेकोछ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट थप ४५७ जना डिस्चार्ज भएका छन् । योसगैं हालसम्म ५० हजार ४ सय ११ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छन् । मन्त्रालयका अनुसार नेपालमा हालसम्म डिस्चार्ज हुने दर ७२ दशमलव ७ प्रतिशत रहेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

यसैगरी देशभरका संस्थागत आइसोलेसनमा ८ हजार ६१४ जना र होम आइसोलेसनमा ९ हजार ८ सय २३ जना रहेका छन् । भने बिहीबारसम्म देशभर ६ हजार ५ सय ६५ जना क्वारेन्टिनमा रहेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टासम्म देशभर २८ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ भने २ सय ३२ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

कोरोना भाइरस संक्रमित थप १७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ५३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ वटा जिल्लाका ५ महिला र १२ पुरुष गरी १७ जनाको मृत्यु भएको जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोना संक्रमित मृत्यु हुनेमा काठमाडौंका ८२ वर्षीया महिला, ७५, ७९ र ८० जना वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै मोरङका ५५ वर्षीया महिला, झापामा ७८ वर्षीय पुरुष, सुनसरीका ८१ वर्षीया महिला, धनुषाका ६८ र ७० वर्षीय पुरुष, रौतहटका ६५ वर्षीय पुरुष, भक्तपुरका ७३ वर्षीया महिला र ८४ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएकोछ ।

यसैगरी धादिङका ३२ वर्षीया महिला, तनहुँका ३९, दाङका ३९, कपिलवस्तुका ५० र नवलपरासीका ५५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले बिहीबार नियमित प्रेस व्रिफिङ्गमा बताएको हो ।

यसअघि बुधबार कोरोना संक्रमणबाट ७, मंगलबार दुई र सोमबार १६ जनाको मृत्यु भएको थियो । कोरोना संक्रमणबाट आईतबार देशभर १० जनाको मृत्यु भएको थियो भने शनिबार ११ जनाको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ ।