बाँकेका तीन प्रयोगशालाबाट थप ३२ जनामा कोरोना पुष्टि


बाँकेका तीन प्रयोगशालाबाट थप ३२ जनामा कोरोना पुष्टि

नेपालगन्ज : बाँकेका तीन प्रयोगशालामा गरिएको पीसिआर परीक्षणबाट १२ महिला र २० पुरुष गरि थप ३२ जनामा कोरोना संक्रमण पाइएकोछ ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालबाट ६ महिला र ६ पुरुष गरि १२ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ल्याब बाटमा ६ महिला र १२ पुरुष गरि १८ र बागेश्वरी डाइग्नोस्टिक एण्ड पोलिक्लिनक सेन्टरको प्रयोगशालाबाट दुई जना पुरुष गरि थप ३२ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

योसँगै बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार ७ सय ३४ पुगेको छ । भने बिहीबारमात्रै बाँकेका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरबाट १९ जनाले कोरोना जितेर घर फर्केकाछन् । योसगै बाँकेमा कोरोना जित्नेको संख्या १ हजार ३ सय ५६ पुगेकोछ । भने ३ सय ६७ जना सक्रिय संक्रमित रहेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएकोछ ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट थप १२ जनामा कोरोना संक्रमण देखिएकोछ । जसमा बाँकेका १० जना मात्र संक्रमित रहेकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

भेरीको प्रयोगशालामा हालसम्म ४० हजार २ सय ५७ स्वाब परीक्षणका लागि प्राप्त हुदाँ ४० हजार २ सय परीक्षण भएकोछ । भने २ हजार २ सय ९४ जनामा कोरोना पोजेटिभ पाइएकोछ । पछिल्लो २४ घण्टामा १३१ जनाको पीसिआर परक्षिण गर्दा १२ जनामा कोरोना देखिएको हो ।

हालसम्म बाँकेमा ११ जनाको मृत्यु भएकोछ । भने सबैभन्दा बढि नेपालगन्ज उपमहानगरपालिकाका ८ जनाको ज्यान गएकोछ ।