‘मास्क बैंक’ बाट निःशुल्क मास्क बाँढ्दै बढैयातालका युवा


‘मास्क बैंक’ बाट निःशुल्क मास्क बाँढ्दै बढैयातालका युवा

बर्दियाः बर्दियाको बढैयाताल गाँउपालिकाका युवाहरु कोरोना महामारीको अवस्था कायमै रहेको भन्दै निःशुल्क मास्क बैंकको सुरुवात गरेका छन् ।

नेपालगन्ज–गुलरिया सडक खण्डको बढैयाताल गाँउपालिका मैनापोखर बजारमा स्थानीय युवाहरुको पहलमा ‘हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं’ भन्ने नाराका साथ मास्क बैंकको सुरुवात गरेका हुन् ।

सरकारले सार्वजनिक सवारी साधन तथा बजार व्यवसाय सञ्चालन खुला गरेसगंै कोरोना महामारीको विचमा मानिसको चहल पहल बढेको छ ।
नजिकिदै गरेको नेपालीको महान पर्व दशैंतिहारका कारण बजारमा मानिसहरुको चहल पहल ह्वात्तै बढेको छ । यसले गर्दा सामाजिक दूरीको पूर्णपालना हुदैन जसका कारण कोरोना भाइरस संक्रमण फैलिन सक्ने जोखिममा मास्कको अनिवार्य प्रयोग गर्नु पर्दछ । तर, मास्कको अभाव तथा नभएका बेला ग्राहक, व्यापारी तथा बाटोमा हिड्ने सर्वसाधारणलाई मास्कको आवश्यकता पर्ने कुरालाई मध्यनजर गर्दै ‘हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं’ भन्ने अभियानका साथ मास्क बैंकको सुरुवात गरिएको विकास कोइरालाले बताए ।

उनका अनुसार ‘मास्क बैंक’ सञ्चालनमा कसैको सहयोग नभएपनि आफ्नो खर्चबाट अभियान चलाइएको कोइरालाले बताउछन् ।

Kanti Aarogya Hospital Nepalgunj

मैनापोखर बजारमा राखिएको मास्क बैंकबाट दैनिकजसो सयौंको संख्यामा मानिस लाभान्वित भएका छन् । बजारमा राखिएको मास्क बैंकमा नेपालको झण्डा तथा कोरोना महामारीबाट बच्न सन्देश पनि राखिएको छ । छेउमै रहेको बाकसमा मास्क राखिएको छ । आफुलाई मास्क आवश्यक परेको बेला मास्क झिकेर लगाउने मानिसहरु धेरै जसो ग्रामीण भेगबाट आउने गरेको तथा केहि यात्रुहरु पनि हुने गरेको अभियानका युवा पवन त्रिपाठी बताउँछन् ।

बर्दिया जिल्लामा हालसम्म ३ जनाको ज्यान गइसकेकोछ । कोरोना भाइरस संक्रमणकाबीच स्वस्फूर्त युवाहरुद्वारा सञ्चालनमा ल्याइएको ‘मास्क बैंक’ पहिलोपटक हो ।