तुलसीपुरमा पहिलोपटक कोरोना संक्रमित युवकको मृत्यु


तुलसीपुरमा पहिलोपटक कोरोना संक्रमित युवकको मृत्यु

नेपालगन्ज : तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० गौरीगाउँ निवासी ३९ बर्षीय एक युवकको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको छ । योसहित कोरोना संक्रमणका कारण दाङका ३ जनाको मृत्यु भएको छ ।

बोनम्यारोको समस्या देखिएपछि गत भदौ ४ गते काठमाडौंस्थित सिभिल अस्पतालमा उपचारका क्रममा सोही अस्पतालमा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । भदौ ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई आईसीयूहितको उपचार चाहिने भन्दै राजधानीको ह्यम्स अस्पतालमा सारिएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

उपचारका क्रममा उनको विहीबार विहान साढे २ बजेतिर ह्याम्स हस्पिटलमा मृत्यु भएपछि दाङको तुलसीपुरमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएको छ । नेपाली सेनाले उनको अन्त्येष्टि काठमाडौंमै गर्ने तयारी गरेको छ ।