कोरोना संक्रमित थप ६ जनाको मृत्यु


कोरोना संक्रमित थप ६ जनाको मृत्यु

नेपालगन्ज : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ५९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ जिल्लाका ३ महिला र ३ पुरुष गरी ६ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा मोरङका ६० वर्षीया महिला र ५५ वर्षीय पुरुष, सप्तरीका ७० वर्षीय पुरुष, ललितपुरका ५१ वर्षीय पुरुष, काठमाडौंका ७५ र कपिलवस्तुका ७० वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले बताएकोछ ।

यसअघि बिहीबार नेपालमा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको थियो । बुधबार कोरोना संक्रमणबाट ७, मंगलबार दुई र सोमबार १६ जनाको मृत्यु भएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

यस्तै कोरोना संक्रमणबाट आईतबार देशभर १० जनाको मृत्यु भएको थियो भने शनिबार ११ जनाको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ ।