देशभर १३१३ कोरोना संक्रमित थपिदाँ १४५५ जना डिस्चार्ज


देशभर १३१३ कोरोना संक्रमित थपिदाँ १४५५ जना डिस्चार्ज

नेपालगन्ज : नेपालमा थप एक हजार ३१३ कोरोना संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टा देशभर थप एक हजार ३१३ जना कोरोना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १२ हजार २ सय ६२ जनाको पीसीआर परीक्षण गर्दा यी ब्यक्तिमा कोरोना संक्रमण देखिएको हो । योसगैं नेपालमा कुल कोरोना संक्रमित संख्या ७० हजार ६ सय १४ पुगेको छ ।

यस्तै मन्त्रालयका अनुसार शुक्रबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २ सय ८९ पुगेकोछ । भने हालसम्म ९ लाख ६५ हजार २८४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पताल तथा आइसोलेसनबाट थप एक हजार ४ सय ५५ जना डिस्चार्ज भएका छन् । योसगैं हालसम्म ५१ हजार ८ सय ६६ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएकोछ । हालसम्म डिस्चार्ज हुने दर ७३ दशमलव ४ प्रतिशत रहेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

त्यसैगरि देशभरका संस्थागत आइसोलेसन ८ हजार २ सय ३७ जना र होम आइसोलेसनमा १० हजार ५२ जना रहेका छन् । शुक्रबारसम्म देशभर ६ हजार ४ सय ६४ जना क्वारेन्टिनमा रहेका छन् ।

मन्त्रालयका अनुसार देशभर ३९ कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहको छ । भने २२७ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ५९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ जिल्लाका ३ महिला र ३ पुरुष गरी ६ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा मोरङका ६० वर्षीया महिला र ५५ वर्षीय पुरुष, सप्तरीका ७० वर्षीय पुरुष, ललितपुरका ५१ वर्षीय पुरुष, काठमाडौंका ७५ र कपिलवस्तुका ७० वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले बताएकोछ ।

यसअघि बिहीबार नेपालमा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको थियो । बुधबार कोरोना संक्रमणबाट ७, मंगलबार दुई र सोमबार १६ जनाको मृत्यु भएको थियो ।

यस्तै कोरोना संक्रमणबाट आईतबार देशभर १० जनाको मृत्यु भएको थियो भने शनिबार ११ जनाको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ ।