सनराईजको सीतापुरमा शाखारहित बैकिङ्ग सेवा


सनराईजको सीतापुरमा शाखारहित बैकिङ्ग सेवा

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिका वडा –२ सीतापुरमा शाखारहित बैंकिगं सेवा शुरु गरिएकोछ । सनराईज बैंकले शाखारहित बैकिङ्ग सेवा सुरु गरेको हो ।

बैंकका प्रदेश नम्बर ५ का प्रमुख सुनिल मण्डलले शुक्रबार एक कार्यक्रमका बीच उक्त शाखारहित बैंकिगं सेवाको उद्घाटन गरे ।

Kanti Aarogya Hospital Nepalgunj

कार्यक्रममा कार्यवहाक वडा अध्यक्ष नन्दलाल गुर्ताल, नेपालगन्ज शाखाका शाखा प्रबन्धक अनिल बज्राचार्य, कोहलपुर शाखाका प्रबन्धक मनोेजकुमार आचार्य, नरैनापुर शाखाका शाखा प्रबन्धक खड्कप्रसाद देवकोटा लगायतको उपस्थिती रहेको थियो ।

सुजाता खरेलको नेतृत्वमा रहेको बैंकको उक्त शाखाबाट खाता खोल्ने, निक्षेप लिने र भुक्तानी दिने, बिलहरुको भुक्तानी जस्ता कामहरु हुनेछ ।