कर्मचारीको तलबबाट कोभिड–१९ वार्ड सञ्चालनका लागि सहयोग


कर्मचारीको तलबबाट कोभिड–१९ वार्ड सञ्चालनका लागि सहयोग

नेपालगन्ज : भेरी प्राविधिक शिक्षालयले कोभिड वार्ड सञ्चालनका लागि आर्थिक सहयोग गरेकोछ ।

शिक्षालयमा कार्यरत कर्मचारीले एक दिनको तलब बराबर हुन आउने जम्मा रकम ६५ हजार ३५३ रुपैयाँ सहयोग गरिएको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

भेरी अस्पतालमा स्थापना भएको कोभिड–१९ वार्ड सञ्चालनमा सहयोग पु¥याउने भन्दै उक्त रकम बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ग मार्फत प्रदान गरिएकोछ ।

पछिल्लो समय बाँकेका विभिन्न सरकारी, अर्धसरकारी, बैँक तथा वित्तिय र शैक्षिक संस्थामा कार्यरत कर्मचारीले कोभिड–१९ वार्ड सञ्चालनका लागि आर्थिक सहयोग गर्ने बढेकोछ ।