भेरीको प्रयोगशालाबाट थप १४ जनामा कोरोना पुष्टि


भेरीको प्रयोगशालाबाट थप १४ जनामा कोरोना पुष्टि

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको पीसिआर परीक्षणबाट थप १४ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा एक सय नमुना परीक्षण गर्दा बाँकेका १० सहित थप १४ जनामा कोरोना संक्रमण देखिएको हो ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परीक्षणमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–६ का ६९ वर्षिय पुरुष, वडा नम्बर– ५ का २७ वर्षिय पुरुष, वडा नम्बर– १० का ५० वर्षिय पुरुष र २५ वर्षिय महिला, वडा नम्बर– ९ का १७ वर्षिय बालिका र १३ वर्षिय बालक तथा वडा नम्बर– १६ का २६ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएकोछ ।

यस्तै खजुरा गाउँपालिका वडा नम्बर– ४ का ३३ वर्षिय पुरुष, जानकी गाउँपालिका वडा नम्बर–३ का २४ वर्षिय पुरुष तथा जिल्ला प्रहरी कार्यालय बाँकेका २२ वर्षिया एक महिला प्रहरीमा कोरोना संक्रमण देखिएकोछ ।

यसैगरी भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट शुक्रबार सार्वजनिक रिर्पोटमा गुलरिया नगरपालिका वडा नम्बर– ८, बर्दियाका ३७ वर्षिय पुरुष, वडा नम्बर– ११ का ४७ वर्षिय पुरुष तथा बढैया ताल गाउँपालिका वडा नम्बर– ३ का ३२ वर्षिय पुरुषमा कोरोना देखिएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

त्यसैगरी मस्टा–१ बझाङ्गका ३८ वर्षिय पुरुषमा कोरोना संक्राण् देखिएको उक्त रिर्पोटले जनाएकोछ । योसगैं बाँकेमा कुल कोरोना संक्रमति संख्या एक हजार ७ सय ६० पुगेकोछ । भने शुक्रबार मात्रै ५ जनाले कोरोना जितेर घर फर्केका छन् । योसगैं बाँकेमा कोरोना भाइरस जित्नेको संख्या १ हजार ३ सय ७० पुगेकोछ ।

यस्तै शुक्रबारसम्म बाँकेमा कुल सक्रिया कोरोना संक्रमति सख्या ३८९ पुगकोछ । भने १२ जनाको मृत्यु भएकोछ । शुक्रबार नेपालगन्ज उपमहानगरपालिकामा थप एकजनाको मृत्यु भएसगैं बाँकेमा कोरोना संक्रमित १२ जनाको ज्यान गएको हो । भने नेपालगन्ज उपमहानगरपालिकामा मात्रै ९ जनाले ज्यान गुमाएकाछन् ।