कर्णालीमा -याफ्टिङ महोत्सव हुँदैं


कर्णालीमा -याफ्टिङ  महोत्सव हुँदैं

कर्णालीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । तस्विर : भक्तबहादुर शाही /सद्भाव

भक्तबहादुर शाही


नेपालगन्ज : ‘हाम्रो नेपाल, हाम्रो कर्णाली, हाम्रो संस्कार, हाम्रो संस्कृति, हाम्रो पर्यटन सबैलाई स्वागतम’ भन्ने मुल नाराका साथ फागुन २५ देखी कर्णाली नदीमा कर्णाली ¥याप्टिङ महोत्सव २०७५ सञ्चालन हुने भएको छ । नेपाल विश्व समुदायमा प्राकृतिक विविधता, बहुसाँस्कृतिक, भौगोलिक वातावरण एवं सौन्दर्यता नै भएकोले पर्यटनलाई प्रवद्र्धन गर्न कर्णाली नदी तीन प्रदेशको साझा नदी भएकाले पर्यटनको करिडोर तयार गर्न ¥याप्टिङको आयोजना गरिएको हो ।

कर्णाली नदीमा ¥याप्टिङको राम्रो सम्भावना छ तर यसको प्रवद्र्धन खासै हुन सकेको छैन । त्यसैले यहाँको पर्यटन क्षेत्रको उजागर गर्न हामीले कर्णाली महोत्सवको आयोजना गरेका हौ, जिल्ला समन्वय समिति कैलालीका संयोजक सुर्यबहादुर थापाले जानकारी दिए ।

¥याप्टिङ महोत्सवको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र ५ नम्बर प्रदेशको पर्यटन विकासको माध्यमले स्थानीय समुदायलाई लाभान्वित हुनेछन् भन्ने आफु विश्वस्त रहेको थापाले बताए । तीनै प्रदेशका मुख्यमन्त्री सहितको कर्णाली नदीमा ¥याप्टिङ आयोजना गरि विश्वसामु चिनाउन यो आयोजना गर्न लागिएको हो उनले थपे ।

Kanti Aarogya Hospital Nepalgunj

कर्णाली ¥याफ्टीङ महोत्सव २०७५ मा एकै पटक एकसय ११ वटा भन्दा बढी ¥याप्टिङ गराएर वल्र्ड रेकर्ड अफ गिनिज बुकमा रेकर्ड राख्ने गरी तयारी भएको समेत थापाले जानकारी दिए । सगरमाथा र गौतम बुद्धको नामले चिनिने नेपाललाई कर्णाली नदीमा ¥याप्टिङ गराएर विश्वमा चिनाउन कैलाली जिल्ला लागि परेको छ उनले थपे । आन्तरिक र वाह्य पर्यटकलाई भित्राई समग्र देशको पर्यटन प्रवद्र्धनमा सघाउने आयोजकले लक्ष्य लिएको छ ।
२०७५ साललाई कैलाली भ्रमण वर्ष मनाइरहेको जिल्ला समन्वय समितिले चिसापानीमा ¥याप्टिङ डल्फिन महोत्सव, गाउँपालिका, नगरपालिकाहरुमा कार्यक्रमहरु समेत गरेको थियो ।

भ्रमण वर्षको अन्त्य तिर भ्रमण वर्षको समापनको साथै ऐतिहासिक र पर्यटन विकासमा दिगो फाईदा हुने खालको कार्यक्रम गरी समापन गर्ने उद्देश्यले कर्णाली नदीको मोहन्याल गाउँपालिका वडा नम्बर ७ सोल्टाबाट चिसापानी सम्म करिव २५ किलो मिटर लामो दुरीमा वृहत ¥याफ्टीङ्ग महोत्सवको आयोजना गर्न लागिएको हो । कार्यक्रम कम्तीमा पाँच दिन सम्म सञ्चालन गरिने आयोजकले जनाएको छ ।