नेपालमा ७५ लाख मुटुरोगी

वयस्कमा उच्च रक्तचापको समस्या बढ्दो, व्यायाम र खानपान नै मुख्य कारण


नेपालमा ७५ लाख मुटुरोगी

काठमाण्डौं : नेपालमा झण्डै ७५ लाख व्यक्तिलाई मुटुजन्य कुनै न कुनै समस्या भएको पाइएको छ । जसमध्ये बयस्क व्यक्तिमा उच्चरक्तचाप (प्रेसर)को समस्या देखिएको छ । 
 
बरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार, ९० प्रतिशत नेपालीले मुटु मैत्री खाना खाँदैनन् ।  जसका कारण पनि  मुटुजन्य समस्या बढिरहेको छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठानका अनुसार, नेपालको कुल जनसख्ंयाको २५ अर्थात करिव ७५ लाख जनता मुटु रोगी भएको अनुमान गरिएको छ । नेपालमा करिब ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप छ । २० प्रतिशतलाई कोलेस्टेरोल छ । १० प्रतिशतलाइ प्रतिशतलाई मधुमेह छ ।
 
मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठ शारीरिक व्यायाम नगर्ने र खानपानमा पनि लापरवाही गर्ने व्यक्तिहरुमा मुटुको समस्या बढ्दै गएको  बताउँछन् ।
 
मुटुका बिरामीहरु बढ्नुको मुख्य कारण नै अस्वस्थ जीवनशैली र खानपान हो । प्रतिष्ठानमा महासचिव समेत रहेका मुटुरोग विशेषज्ञ डा. रेग्मी भन्छन, ‘९० प्रतिशत नेपालीले मुटु मैत्रीखाना खाँदैनन् । करिब ५० प्रतिशत  सहरिया नेपालीले आवश्यक व्यायाम गर्दैनन् । ४० प्रतिशतले चुरोट, सुर्ती सेवन गर्छन् । धेरै नेपालीलाई मानसिक तनाव छ । यसले पनि मुटुरोगीको संख्या बढाइरहेको छ ।’ 
 
अधिकांशको खानामा अत्याधिक चिल्लो, गुलियो र नुनको मात्रा बढीे हुने गरेको छ । हरियो सागपात, फलपूmल कम खाने बानी बसेको छ । मद्यपान एवं धूमपानको सेवन वृद्धि भइरहेको छ ।
 
‘धेरेैेको  मदिरा  पिउने बानी छ । व्यायाम गर्ने बानी छैन । मुटुरोगबाट बच्ने सबैभन्दा सरल र उत्तम उपाय नै अस्वस्थकर जीवनशैलीलाई स्वस्थकर बनाउने हो  । मुटु जोगाउन मन लगाउनु पर्छ । मन लगाउने भनेको तन, मन, धन, विवेक, बुद्धि आदि सबैको प्रयोग गरेर मुटु बचाउने हो ।’ डा. रेग्मीले भने । 
 
विश्वमा बर्षेनी १ करोड ८० लाख मानिस मुटु रोगका कारण मर्ने गर्छन् ।  यस मध्ये विकासोन्मुख राष्ट्रमा मुटु रोगबाट मर्नेहको संख्या ८० प्रतिशतभन्दा बढी पर्न आउँछ ।  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार सन् २०३० सम्ममा मुटु रोगबाट विश्वभर मर्नेको संख्या वर्षेनी २ करोड ५० लाख पुग्ने अनुमान छ ।
 
 
 
 
 
Kids Festival 2022
kanti aarogya hospital
add