कोहलपुर साईक्लिङ क्लब गठन


कोहलपुर साईक्लिङ क्लब गठन

नेपालगन्ज : कोहलपुरका साईकलप्रेमीहरु संगठित भएका छन् । साईकलप्रेमी जनक केसीको संयोजकत्वमा ७ सदस्यीय साईक्लिङ क्लबको तदर्थ समिति गठन गरिएको छ ।

मुटु दिवसको अवसर पारेर ‘साईकिलिङ्ग गरौं, मुटु स्वस्थ राखौ’ भन्ने नाराकासाथ मंगलबार कोहलपुर क्षेत्रका युवाहरुको भेलाले साईकिलिङ्ग क्लब गठन गरेको हो ।

७ सदस्यीय समितिको सह–संयोजकमा कमल राज शर्मा, सचिवमा पारसमणी आचार्य, कोषाध्यक्षमा चुनु भण्डारी एवं सदस्यहरुमा पदम आचार्य, गंगाराम भण्डारी र अमित पाठक चयन भएका छन् ।

साथै मंगलबारको भेलाबाट केशर बहादुर आले संरक्षक एवंं नेत्र बहादुर थापा, चन्द्र बहादर आलेमगर, राम बहादुर वस्नेत, विष्णु किरण आचार्य र कमल पछाँइ सल्लाहकार समितिमा चयन भएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

भेलाले यथाशिघ्र विधान मस्यौदा तयार पारेर क्लबलाई बैधानिक रुपमा पूर्णता दिने निर्णय समेत गरेको छ । उक्त भेलाले जनक केसीको संयोजकत्वमा ३ सदस्यीय विधान मस्यौदा उपसमिति समेत गठन गरेको छ । जसको सदस्यहरुमा कमलराज शर्मा र पारसमणी आचार्य रहेका छन् ।