गुलरिया नगरपालिका अर्धसिल


गुलरिया नगरपालिका अर्धसिल

गुलरिया नगरपालिका बर्दिया । तस्विर: दीपक शर्मा /सेतोखरी

गुलरिया : बर्दियाको गुलरिया नगरपालिकामा कामकाज पुर्णरुपमा ठप्प भएको छ । बर्दियाको गुलरिया नगरपालिकामा कार्यरत एक जना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि नगरपालिकाले अत्यावश्यक काम बाहेक सवै काम ठप्प गरेको जनाएको हो ।

नगरपालिकाका एक कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएसगैं अत्यावश्यक काम फोहर उठाउने, स्वास्थ्य र दमकल बाहेक सबै काम रोकिएको गुलरिया नगरपालिकाका सूचना अधिकारी मुकुन्द अर्यालले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

नगरपालिकामा कार्यरत ती कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आज नगरपालिकामा कार्यरत सबै कर्मचारीको स्वाव परीक्षण संकलन गरि परीक्षणका लागि पठाइएको हुदाँ प्रयोगशाला रिर्पोट नआउन्जेल कर्मचारी सबैलाई घरमै बस्न लगाइएकोछ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि घरमै सबै कर्मचारीलाई बस्न लगाएपछि नगरपालिकाबाट प्रदान भइरहेको अत्यावश्यक कामबाहेक सबै सेवा बन्द गरिएको सूचना अधिकारी अर्यालले बताए ।