बाँकेका तीन बालबालिकासहित थप २७ जनामा कोरोना पुष्टि


बाँकेका तीन बालबालिकासहित थप २७ जनामा कोरोना पुष्टि

नेपालगन्ज : जिल्ला कोभिड–१९ संकट व्यवस्थापन कन्द्र बाँकेमा अनुसार बाँकेमा मङ्गलबार तीन बालबालिका सहित थप २७ जनामा कोरोना भाईरस संक्रमण पाइएकोछ ।

बाँकेको तीन प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १३ महिला र १४ पुरुष सहित थप २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यो संगै बाँके जिल्लामा कोरोना संक्रमित हुनेको संख्या एक हजार ८ सय ८७ पुगेकोछ ।

केन्द्रका अनुसार बाँकेका विभिन्न अस्पताल तथा आइसोलेसनबाट मङ्गलबार थप ४४ जनाले कोरोना जितेर घर फर्केका छन् । योसगैं कोरोना जित्नेको संख्या एक हजार ५ सय ७ पुगेकोछ ।

बाँके जिल्लामा मङ्गलबार बेलुकासम्म ३ सय ६५ जना कोरोना संक्रमित विभिन्न अस्पताल तथा आइसोलेसनमा रही स्वास्थ्य लाभ लिइरहेको बाँकेका कोरोना फोकल पर्शन नरेश बाबाुक श्रेष्ठले जानकारी दिए । उनका अनुसार मङ्गलबार एकैदिन बाँकेका दुई कोरोना संक्रमितको मृत्यु भएसगैं बाँकेमा ज्यान गुमाउने कोरोना संक्रमितको कुल संख्या १५ पुगेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट १३ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट १४ र बागेश्वरी डाइग्नोष्टिक पोलिक्लिनिक सेन्टर कोहलपुरबाट–२ जना गरि २७ जनामा कोरोना संक्रमण देखिएको हो ।

भेरी अस्पतालको प्रयोगशालाबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का ५३ वर्षिया महिला, वडा नम्बर १२ का ३६ वर्षिया महिला, वडा नम्बर ४ का ६० वर्षिय पुरुष, वडा नम्बर १० का २४ वर्षिया महिला, वडा नम्बर १२ का ४ वर्षिया बालिका, वडा नम्बर २ का ५ वर्षिय बालकमा कोरोना संक्रमण पुष्टि भएकोछ । यस्तै बागेश्वरी –१ का १९ र ४३ वर्षिया महिला, खजुरा गाउँपालिका वडा नम्बर–५ का ३८ वर्षिया महिला, कोहलपुर नगरपालिका वडा नम्बर– १३ का ३२ वर्षिय पुरुष र जिल्ला प्रहरी कार्यालय बाँकेका ३४ वर्षिय पुरुषमा कोरोना पुष्टि भएकोछ ।

यसैगरी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– १८ का २३ वर्षिया महिला, वडा नम्बर– १५ का ४५ वर्षिय पुरुष, वडा नम्बर–२० का ३० र ३५ वर्षिय पुरुष, वडा नम्बर– १० का ४१ वर्षका पुरुष र ६ वर्षका बालक, कोहलपुर नगरपालिका वडा नम्बर ११ का ७४ वर्षिया महिला र ५७ वर्षिय पुरुष, वडा नम्बर १२ का ३९ वर्षिय महिला र ४४ वर्षिय पुरुष, वडा नम्बर–२ का ३३ वर्षिया महिला, वडा नम्बर– ३ का २९ वर्षिया महिला, वडा नम्बर– ९ का ४० वर्षिय पुरुष तथा बैजनाथ गाउँपालिका वडा नम्बर– ६ का ५२ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएकोछ ।

यसैगरी बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टर कोहलपुरबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– २ का ६१ विर्षिय महिला र वडा नम्बर–९ का ६३ वर्षिय पुरुषमा कोरोना भाइरस संक्रमण देखिकोछ ।