प्रजिअ कुरुम्वाङद्धारा न्यू होटल इन्द्रेणीमाथि कार्वाही गर्न निर्देशन 

आइसोलेसनका नाममा अवैध रकम असुली, संचालक घनश्याम थापासँग प्रशासनले लिखित बयान लियो 


प्रजिअ कुरुम्वाङद्धारा न्यू होटल इन्द्रेणीमाथि कार्वाही गर्न निर्देशन 

नेपालगन्ज : बाँकेका प्रमुख जिल्ला अधिकारी राम वहादुर कुरुम्वाङले नेपालगन्ज न्यूरोड स्थित न्यू होटल इन्द्रेणीमाथि कार्वाही गर्न मातहत कर्मचारीलाई निर्देशन दिएका छन् । आइसोलेसनका नाममा कोरोना पोजेटिभ भएकाहरुबाट अवैध रुपमा रकम असुलीरहेको समाचार विहिवार सेतोखरी डटकममा प्रकाशित भएपछि प्रजिअ कुरुम्वाङले न्यू होटल इन्द्रेणीमाथि कार्वाही गर्न निर्देशन दिएका हुन् ।
 
‘स्वास्थ्य मन्त्रालयको नियम विपरित आइसोलेसन संचालन गर्ने, होटलको आइसोलेसनमा बसेका कोरोना पोजेटिभ बिरामीबाट अवैध रुपमा रकम असुल्ने होटल र होटल संचालक माथि कडा कार्वाही हुन्छ ।’ प्रजिअ कुरुम्वाङले सेतोखरीसँग भने ‘त्यस्तो कार्य कदापी गर्न पाईदैन, मैले प्रशासकिय अधिकृतलाई निर्देशन दिइसकेको छु कडा कार्वाही हुन्छ ।’
 
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका सदस्य तथा जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकिय अधिकृत राम कुमार सोनकरले न्यू होटल इन्द्रेणीका संचालक घनश्याम थापाले आइसोलेसनका नाममा गलत कार्य गरेको फोला परिसकेकाले कार्वाही प्रकृया अगाडी बढीसकेको जानकारी दिए ।
‘सिडिओ सावबाट कार्वाही गर्न निर्देशन आइसकेको छ, छानविन प्रकृया अगाडी बढीसकेको छ ।’ प्रशासकिय अधिकृत सोनकरले भने । आइसोलेसन संचालक घनश्याम थापालाई शुक्रबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराई लिखित रुपमा बयान लिइएको प्रशासकिय अधिकृत सोनकरले जानकारी दिए ।
 
आइसोलेसन संचालक थापाले कोरोना पोजेटिभ भएर होटलमा बसेका नेपालगन्जका तरुन पौडेललाई १० दिनमै सुटुक्कै घर पठाएको र सो कुरा थाहा पाएपछि आफुहरुले प्रहरी पठाएर घरबाट लिएर आएको तथ्य नै प्रशासन सामु रहेको प्रशासकिय अधिकृत सोनकरले बताए ।
 
‘आइसोलेसन संचालक थापाले कोरोना पोजेटिभ बिरामीलाई होटलमा इन्टी गरेर घरमा बस्न पठाएको, कम दिन होटलमा राखेर १४ दिनको रकम असुल गरेको, विरामी घरबाट खाना मगाएर खाएपनि खानाको पैसा लिने गरेको लगायतका थुप्रै प्रमाण फेला परिसकेको छ ।’ प्रशासकिय अधिकृत सोनकरले सेतोखरीसँग भने ‘आइसोलेसन संचालक थापासँग बयान लिने काम भइरहेको छ, छानविन सकिएपछि आइसोलेसन बन्द गर्नुको साथै उनी माथि कार्वाही हुने छ र विरामीबाट अवैध रुपमा असुलेको रकम समेत फिर्ता गर्नु पर्ने छ ।’
 
न्यू होटल इन्द्रिेणीको आइसोलेसनमा कोरोना पोजेटिभ भएका विरामीहरु १४ अनिवार्य बस्नु पर्ने हुन्छ र १५ दिनको दिन जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले डिस्चार्ज रिपोर्ट पठाएपछि मात्र होटलले विरामीलाई छोड्न मिल्छ । डिस्चार्ज रिपोर्ट नआउदासम्म विरामीलाई घर पठाउने अधिकार आइसोलेसन न्यू होटल इन्द्रेणीलाई छैन । कार्वाहीको भागिदार बन्नु पर्छ ।
 
आइसोलेसनका नाममा न्यू होटल इन्द्रेणीले कोरोना पोजेटिभ विरामीबाट अवैध रकम असुलीरहेकोे छ । न्यू होटल इन्द्रिेणीले कोभिड १९ स्वास्थ्य मन्त्रालयको नियम विपरित आइसोलेसन चलाई रहेको छ । आइसोलेसन तोकिएको न्यू होटल इन्द्रेणीमा कोरोना पोजेटिभ भइ लक्षण नदेखिएका विरामीलाई राख्ने गरिन्छ । 
 
कोरोना आइसोलेसन रहेको न्यू होटल इन्द्रेणीले कोरोना पोजेटिभ भएका विरामीको होटलमा नाम दर्ता गराईदिने तर उनीहरुलाई घरमा बस्न दिने र ती विरामीबाट घरमा बस्न दिएपनि १४ दिनकै रकम असुल गर्ने गरेको तथ्य सेतोखरीसँग रहेको छ । 
 
त्यसैगरी होटलको आईसोलेसनमा बसेका तर कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रको डिसचार्ज पत्र नआउदै १४ दिन अगाडी नै कोरोना पोजेटिभ विरामीलाई छोडीदिने र उनीहरुबाट १४ दिनसम्म होटलमा बसेको रकम लिने गरेको तथ्य प्रमाण पनि सेतोखरीसँग रहेको छ । 
 
यस आइसोलेसनबाट कोरोना पोजेटिभ भएका कोही १० दिनमा, कोही, ११ दिनमा, कोही १२ दिनमा, कोही १३ दिनमा घर जाने गरेका छन् तर उनीहरुबाट होटलले १४ दिन बसेको रकम असुली रहेको छ । आइसोलेसन संचालक न्यू होटल इन्द्रेणीका मालिक घनश्याम थापाले केही गल्ती भएको स्विकार गरिसकेका छन् ।

 

Kids Festival 2022
kanti aarogya hospital