एकैदिन थपिए २७२२ जना कोरोना संक्रमित


एकैदिन थपिए २७२२ जना कोरोना संक्रमित

नेपालगन्ज : देशमै पहिलो पटक एकै दिन दुई हजार ७ सय २२ जनामा कोरोना पुष्टि भएकोछ ।

पछिल्लो २४ घण्टामा देशभर २७२२ जना कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशमा कोरोना संक्रमितको कुल संख्या ८२ हजार ४५० पुगेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको १४ हजार ७३९ पीसिआर परीक्षणमा यी ब्यक्तिमा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पताल तथा आइसोलदेसनबाट थप ३ हजार ३०७ जना डिस्चार्ज भएका छन् । योसगैं देशमा डिस्चार्ज हुनेको संख्या ६० हजार १९६ पुगेको छ । भने देशभर २१ हजार २३४ जना सक्रिय संक्रमित छन् ।