नेपालगन्ज : गैरआवासीय नेपाली संघ (एनआरएनए) कंगोले दार्चुलामा बाटो निर्माणका लागि सहयोग गरेको छ ।
महाकाली नगरपालिका–१ स्थित लाकुखोलामा गत साउन ४ गते आएको बाढीले ककडीदेखि पिपलचौतारासम्मको बाटो बगाएर क्षतिग्रस्त भएको थियो ।
वर्षाको बाढीले बगाएको बाटो निर्माणका लागि एनआरएनए कंगोले अमेरिकी डलर एक हजार ३०५ (करिब १ लाख ५३ हजार रुपैयाँ) सहयोग गरेको हो ।
बाढीले बगाएर स्थानीयलाई आवजजावतमा समस्या भएकाले उक्त बाटो मर्मतका लागि एनआरएनए कंगोले सहयोग गरेको अध्यक्ष ढक बहादुर क्षेत्रीले जानकारी दिए । उनले कोरोना महामारीकै बीच आइलागेको प्राकृतिक विपत्तिको घडीमा राहत संकलनमा सहयोग गर्ने सबैमा आभार व्यक्त गरेका छन् ।