बलिउड चलचित्र ‘खालीपीली’ डिशहोमको च्यानल नम्बर ९९९ हेर्नुहोस्


बलिउड चलचित्र ‘खालीपीली’ डिशहोमको च्यानल नम्बर ९९९ हेर्नुहोस्

नेपालगन्ज : नेपालमै पहिलो पटक बलिउडको चलचित्र पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा डिशहोमले शुरुवात गरेको छ ।
असोज १६ गते रिलिज भएको चलचित्र ‘खालीपीली’ पे पर भ्यू सुविधा मार्फत डिशहोमका ग्राहकहरुले हेर्न पाउनेछन् । ग्राहकहरुको मनोरञ्जनलाई ध्यानमा राखेर अन्तराष्ट्रिय चलचित्रहरु रिलिज गर्ने उद्देश्यले डिशहोमले सिनेमाघर ईन्टरनेशनल ९९९ सञ्चालनमा ल्याएकोे हो ।

विश्वको विभिन्न देशमा सफल भएको प्रविधि पे पर भ्यू सेवा नेपालमा नै पहिलो पटक डिशहोमले सञ्चालन गरिरहेको छ । डिशहोमले पे पर भ्यू सेवामार्फत न्यूनतम मूल्यमा परिवारसंग घरमा नै बसेर नयाँ–नयाँ नेपाली सिनेमा हेर्न सकिने च्यानल नम्बर १०८, ८८८ र ५५५ यस अघिनै सफलताका साथ सञ्चालन गरिरहेको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

दैनिक ८ शो सञ्चालन हुने सिनेमा घर इन्टरनेशनल च्यानल नम्बर ९९९ मा चलचित्र ‘खालीपीली’ हेर्न, आईभिआर नम्बर ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार वा डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नम्बर ०१४२१७६६६ मा फोन गरेर, टोल फ्रि नम्बर १६६००१२२००० मा फोन गरेर अथवा एमओडी ९९९ आफ्नो क्यास आइडी अनि हेर्न चाहेको सो समय टाईप गरि साधारण एसएमएस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्यूनतम शूल्कमा सिनेमा घर खुलाउन सकिन्छ ।