नेपालमा २८ वर्षीया महिलाले एकैपटक ५ शिशु जन्माइन्


नेपालमा २८ वर्षीया महिलाले एकैपटक ५ शिशु जन्माइन्

नेपालगन्ज : थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा एक महिलाले पाँच शिशुलाई जन्म दिएकी छिन् । नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले सोमबार ५ वटा शिशुलाई जन्म दिएको अस्पतालले जनाएको छ ।

५ मध्ये एक जनाको जन्मनु अघि मृत्यु भएको र चार जना जीवित रहेको अस्पतालले जनाएको छ । अस्पतालका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर कीर्तिपाल सुवेदीको नेतृत्वमा उक्त शल्यक्रिया भएको थियो ।

डाक्टर सुवेदीको नेतृत्वमा भएको शल्यक्रियामा डाक्टर दिप्ती श्रेष्ठ, डाक्टर नमिता सिङदेन संलग्न थिए । यस्तै, एनेस्थेसियामा डा मुकेश कुमारले नेतृत्व गरेका थिए भने नर्सिङ टिमको नेतृत्व रविना प्रजापतिले गरेको थिइन्। हाल बाल रोग विशेषज्ञ डाक्टर श्रद्धा श्रेष्ठको रोहवरमा शिशुहरुको उपचार भइरहेको डाक्टर सुवेदीले जानकारी दिए ।

जीवित जन्मिएका चार शिशुलाई हाल निगरानीका लागि एनआइसियुमा राखिएको डा क्टर सुवेदीले जानकारी दिए । उनका अनुसार आमा र शिशु सबैको स्वास्थ्य अवस्था सामान्य छ ।

Kids Festival 2022
kanti aarogya hospital

शिशुहरु १ किलो ९ सय ग्राम, १ किलो ८ सय ग्राम, १ किलो ६ सय ग्राम र ८ सय ग्रामको रहेको अस्पतालले जनाएको छ । ती महिलाको तीन हप्ता अघि भिडियो एक्सरे गर्दा एक शिशुको गर्भमै मृत्यु भएको थियो ।

डाक्टर सुवेदीले एकै पटक पाँच जना शिशुलाई जन्म दिएको पहिलो पटक हुन सक्ने बताए । उनले भने, ‘मैले थाहा पाएसम्म एकै पटक पाँच जना शिशुलाई जन्म दिएको यो नै पहिलो पटक हो ।’