आठौं खेलका लागि खेलाडी छनौट जारी


आठौं खेलका लागि खेलाडी छनौट जारी

नेपालगन्ज : प्रदेश ५ मा जुडो खेलको छनौट प्रतियोगिता नेपालगन्जमा शुरु भएको छ। आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागी शुक्रवारदेखि जुडो खेलका खेलाडीहरुको छनौट शुरु भएको हो।

३३ जना खेलाडीहरु समाबेश भएको छनौट प्रतियोगितामा शुक्रबार पहिलो चरणका खेल सम्पन्न भएको छ। जुडो खेलको ५२ केजी महिला तर्फको छनौटको फाइनलमा बाँकेकै करिश्मा सुनार र निर्मला कुवर प्रबेश गरेका छन् । त्य्स्तै महिलाकै ५७ केजी तर्फ बर्दियाका सकुन्तला आचार्य र बाँकेका बिनिता खत्री फाइनलमा प्रबेश गरेका छन।

शनिबार हुने फाइनलका लागी ४८ केजी महिला तर्फ दाङकका शारदा खत्री र बाँकेका सोनिया भट्टको भिडन्त हुने भएको छ। छनौट प्रतियोगिताकै पुरुष तर्फको ६६ केजी तौलको फाइनलमा बाँकेका अरुण सहानी र दाङका दिनेश बुढा मगर प्रतिस्पर्धा गर्दैछन् । अन्य तौल समुहका खेलहरु शनिबार हुने छनौट प्रतियोगिताका निर्देशक राजिब प्रधानले जानकारी दिएका छन् ।

शुक्रबारदेखि शुरु भएको छनौट प्रतियोगितामा बाँके, बर्दिया, दाङ र प्युठान गरि ३३ जना खेलाडीहरु समाबेश भएको जुडो संघका केन्द्रिय सदस्य एबम बाँके जिल्ला अध्यक्ष पदम बुढाथोकीले बताएका छन् । छनौट प्रतियोगितामा जुडोका अन्तराष्ट्रिय खेलाडी मोहन बमले ५ सेट द्रेश समेत सहयोग गरेका थिए।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि महिला तथा पुरुष ह्यान्डबल र भारतोलन खेलका लागि खेलाडीको छनौट गरिसकेको छ। अन्य खेलहरुमा महिला क्रिकेट नेपालगन्जमा, बर्दियामा भलिबल खेलको छनौट भइरहेको छ । फुटबलको छनौट शनिबारदेखि नेपालगन्जको तालिम केन्द्रमा हुने छ। करातेको लागी २१ गते देखि बुटवलमा छनौट खेल हुने मध्य पश्चिम् खेलकुद बिकास समितका कार्यालय प्रमुख बिष्णु शर्माले बताए।