लोकसेवाको परीक्षा यथास्थितिमा राख्न सर्वोच्चको आदेश


लोकसेवाको परीक्षा यथास्थितिमा राख्न सर्वोच्चको आदेश

नेपालगन्ज : सर्वोच्च अदालतले लोकसेवा आयोगलाई काम–कारबाही यथास्थितिमा राख्न आदेश दिएको छ ।

लोकसेवा आयोगको लिखित परीक्षा उत्तीर्ण गरेर कोरोना संक्रमणका कारण अन्तरवार्तामा सहभागी हुन नसक्ने अवस्था रहेको भन्दै सूचना प्रविधि विज्ञ पदको काम–कारबाही यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको हो ।

रमेशराज सुवेदीले लोकसेवा आयोगलाई विपक्षी बनाउँदै दायर रिटमा यस्तो आदेश भएको हो ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले राजपत्रांकित प्रथम श्रेणीको सूचना प्रविधि विज्ञ पदको काम–कारबाही यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

सुवेदी सूचना प्रविधि विज्ञमा आन्तरिक प्रतिस्पर्धाबाट भएको प्रतिस्पर्धामा उत्तीर्ण भएको र अन्तर्वार्ताका लागि समेत छनोट भएका थिए । अन्तर्वार्ताका लागि असार ३१ का लागि तय भएको मिति सारिएको र साउन २९ गते उक्त परीक्षाको लिखित नतिजा प्रकाशनसम्मको सम्पूर्ण प्रक्रिया रद्द गरिएको थियो ।

तर, सुवेदी कोरोनाबाट संक्रमित भएपछि असोज २९ को सूचनाअनुसार परीक्षा सञ्चालन भएमा सुविधा सन्तुलनको दृष्टिकोणबाट उनलाई अपूरणीय क्षति हुन जाने भन्दै मुद्दा नटुंगिएसम्म सूचना प्रविधि विज्ञको परीक्षा नगर्न आदेशमा भनिएको छ ।