ताप्लेजुङका प्रजिअलाई कोरोना देखिएपछि कार्यालय सिल


ताप्लेजुङका प्रजिअलाई कोरोना देखिएपछि कार्यालय सिल

नेपालगन्ज : ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंमा कोरोना संक्रमण पुष्टि भएको छ ।

ओलाङ्चुङगोलामा स्थापना हुने बिओपी उद्घाटनका क्रममा पर्यटनमन्त्री योगेश भट्टराईसँगै एउटै हेलिकोप्टरमा सवार चापागाईंमा संक्रमण संक्रमण पुष्टि भएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

बिओपी उद्घाटन गरेको भोलिपल्ट हल्का ज्वरो आएपछि उनले स्वाब परीक्षण गराएका थिए । प्रजिअमा संक्रमण पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालय सात दिनको लागि सिल गरिएको छ ।

साथै उनले आफ्नो सम्पर्कमा आएका सबैलाई परीक्षण गरी सर्तकर्ता अपनाउन आग्रह गरेका छन् ।