सुदूरपश्चिम साइकल यात्रा–२०७५ हुदै


सुदूरपश्चिम साइकल यात्रा–२०७५ हुदै

नेपालगन्ज : गत माघ १८ गते पश्चिम नेपालमै पहिलोपटक लामो दूरीको साईकल यात्रा गरियो । विश्वसामु पश्चिम नेपाललाई चिनाउदै यसक्षेत्रको पर्यावरणको जगेर्ना गर्न आन्तरिक तथा बाह्र पर्यटनमा टेवा पु¥याउने उद्देश्यका साथ आयोजना गरिएको सो साइकल यात्रा सफल भएको एक महिना बित्न नपाउदै सुदूरपश्चिम साईकल यात्रा–२०७५को आयोजना गरिन लागेकोछ ।

मुलुकमा साईकल यात्राले लामो इतिहास बनाइरहदाँ काठमाण्डौ भ्याली र त्यस वरपरको क्षेत्रबाट अलि पर जान सकेको थिएन । तर देशमै पहिलो पटक पश्चिम नेपाललाई चिनाउन सद्भाव डटकम टूर दी ठाकुरद्वारा–२०७५ ले थुप्रै अवसरहरु खोलिदिएकोछ । आगामी फाल्गुन २४ र २५ गते युथ स्पोर्टस क्लब धनगढीको आयोजनामा धनगढी स्थित फनपार्कबाट चाँदनी–दोधारासम्मको लामो दूरीको साईकल यात्रा गरिन लागेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

धनगढीमा आज शनिबार कलबले पत्रकार सम्मेलन गरि सो साईकल यात्राका बारेमा जानकारी दिएको हो । क्लबका अध्यक्ष सुरेन्द्र शाहका अनुसार दुईदिन सम्म हुने साईकल यात्रा पचासबढी साईक्लिस्टहरुको सहभागिता रहनेछ । साइकल यात्राका संयोजक टेकराज पनेरुका अनुसार यात्राका लागि सम्पूर्ण तयारी पुरा भइसकेको बताए ।

क्लबका महासचिव पदम सिंहका अनुसार टूर दी फारवेस्ट–२०७५ नामाकरण गरिएको सो साईकल यात्रा सुदूरपश्चिमकै पहिलो लामो दूरीको साइकल यात्रा हो । सो साईकल यात्राबाट हामीले देशको ध्यायन आफूतिर तान्ने प्रयास गरेका हौं । हामीमा धेरै सम्भावनाहरुछन् अवसरका कमीले ती सम्भावनाहरु त्यसै खेर गइरहेकोले हामीले कार्यक्रमको आयोजना गरेका हौं उनले भने ।

नेपालगन्जमा सम्पन्न सद्भाव डटकम टूर दी ठाकुरद्वारा–२०७५ मा सहभागि भएका पश्चिम नेपाल धनगढीको गोदावरी नगरपालिकाका साईकल अभियन्ता भरत विक्रम शाहको समेत सो साइकल यात्रामा सहभागित रहनेछ । शाहले सद्भावसगं कुरा गर्दै भने हामीले नेपालगन्जबाट धेरै माया र प्रेरणा पायौं । यहाँबाट पाएको हौसलाले यसक्षेत्रमा हामीले साईकल यात्रा गर्न लागेका छौं । सवैको साथ र सहयोग आवश्यकछ ।

यस्तो छ साईकल यात्राको कार्यतालिका
फाल्गुन २३ गते बेलुका साढे चार बजे धनगढी स्थित फनपार्कबाट साइकल यात्रा सुरु भई धनगढीका विभिन्न पर्यटकिय स्थलको परिक्रमा गर्नेछ । २४ गते विहान धनगढी स्थित रङ्गशालाबाट विहान ७ बजे औपचारिक रुपमा साइकल यात्रा सुरु गरि कञ्चनपुर हिड्नेछ । सोही दिन दिउसो करिब तीन बजे लिङ्गा पर्यटकिय स्थल भ्रमण गरि महेन्द्रनगरमा साईकल यात्रीलाई स्वागत गरिनेछ । महेन्द्रनगरको मजगाउँ होमस्टेमा साईकलयात्री बास बस्नेछन् । २५ गते विहान ८ बजे चाँदनी–दोधारा झुलुङ्गेपुल भ्रमण गरि सोही दिन शुक्लाफाँटा बन्यजन्तु आरक्षण केन्द्र भ्रमण गरि कञ्चनपुरमा साईकल यात्रा पुगी औपचारिक समापन गरिनेछ ।

को हुन् साइकल अयिभन्ता शाह
भरत विक्रम शाह, ३९ वर्ष, गोदावरी नगरपालिका–८, माझगाँउ कैलाली
भर्खरै नेपालगन्जमा समपन्न सद्भाव डटकम टूर दी ठाकुरद्वारा –२०७५म साईकल यात्रामा सहभागि भएका साईकल अयिभानकर्मी हुन भरत विक्रम शाह ।

झट्ट हेर्दा उनको उनलाई ३९ वर्षको कसैले पत्याउन सक्दैनन् । भरत साइकलका सौखिन भने होइनन् तर उनको जीवनमा घटेको दुःखदायी घटनाबाट प्रेरणा भने पाए । बैदेशिक रोजगारीका शिलसिलामा कतारबाट करीब ८ वर्षपछि स्वदेश फर्केका शाह केही महिनामा पारालाइसिसको सिकार भए । चारवटै हातखुट्टा नचल्ने, जिउँदो लाससरी भएका शाह डेढ वर्षको लामो उपचारपछि नयाँ जिवन पाएका शाहले साइकल चलाउन थालेका हुन् ।

उपचार गराउनेक्रममा उनले ४० देखि ५० लाख गुमाए । भारतस्थित दिल्लीको एपोलो र एम्स अनि काठमाण्डौं डिस्कोसमा उपचार गराउदासम्म उनको विरामी पत्ता लागेन, सवै उपाय अपनाएर हार खाएका शाह घरमै मृत्यु पर्खेर बसिरहेका बेला धामीझाँक्रीको उपचारमा पुगे । दुईमहिनामै स्वास्थ्यमा सुधार आयो पछि मैले नयाँ जिवन पाए उनले आफ्नो विगतलाई सुनाए । उक्त कठिन परिस्थितीमा श्रीमती सुमन पाल शाहको योगदान, साथ र सहयोगले नयाँ जिवन पाएको उनले सम्झे ।

साढे चारवर्ष पहिले शारिरीक ब्यायमका लागि साइकल चलाउन थालेका शाहले नियमित साइकल चलाउदा उनीमा झन् स्फूर्ती बढ्यो । लामो साइकल यात्रा तय गर्न थाले । उनले कोरा सन् २०१७, काठमाण्डौंमा सहभागि भए जहाँ ७५ किमीको दूरी तय गरे । धनगढीबाट खप्तडसम्मको साइकल यात्रा ९विवेक शर्मा, खगेन्द्र सिंह धामी० ४ दिनमा पुरा गरे जो देशमै पहिलो साईकल यात्रा थियो खप्तडसम्मको । २०७५ सालमा प्रथम नेपालगन्ज मेयर साइकल कपमा मोटिभेटरका रुपमा आएका शाह दोस्रोपटक नेपालगन्ज आए । सुदूरपश्चिमाञ्चललाई साईकलबाट चिनाउने अभियानमा लागेका शाहले २०७५ मै चार दिन लगाएर डोटीको बडीकेदारसम्म एकल साइकल यात्रा तय गरे । २०७५ मै कञ्चनपुरको पुर्नवासबाट डडेल्धुराको आलितारसम्मको साईकल यात्रा साथीद्वय तिर्थराज अवस्थी र यूधिर गुरुङ्गसगं पुरा गरे जो पहिलो साइकल यात्रा हो ।

साईक्लिङ्गले आफ्नो जिवनमा नयाँ उमंग थपेकोले साईक्लिङ्ग लाग्न उनी सवैलाई प्रोत्साहन गर्छन् । स्वास्थ्यविनाको जिवन केही नहुनेहुदाँ साइक्लिङ्गले मृत्युबाट पनि बचाउन सक्छ भन्ने उनको बुझाईछ । साइक्लिङ्गबाटै सुदूरपश्चिमलाई विश्वसामु चिनाउने अभियानमा आफू लागिपरेको शाह बताउछन् ।