कोरोनाले लियो सशस्त्र प्रहरी जवानको ज्यान


कोरोनाले लियो सशस्त्र प्रहरी जवानको ज्यान

नेपालगन्ज : पहिलोपटक कोरोना संक्रमित सशस्त्र प्रहरीका एक कर्मचारीको मृत्यु भएकोछ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा सशस्त्र प्रहरीका जवानको मृत्यु भएको हो ।

मुस्ताङमा कार्यरत सशस्त्र प्रहरीका २५ वर्षीय जवानको बिहीबार राती ११ः ३० बजे मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

डाक्टर शर्माका अनुसार बागलुङको ढोरपाटन नगरपालिका–७ घर भएका ती सशस्त्रका जवान असोज २५ गते अस्पताल भर्ना भएका थिए ।

कोरोनाको आशंकामा पीसिआर जाँच गर्दा असोज २७ गते उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ । यसअघि सेनाका २ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेकोछ ।