कोरोनाबाट बाँकेमा बढ्दो मृत्यु, हालसम्म ४० जनाको ज्यान गयो


कोरोनाबाट बाँकेमा बढ्दो मृत्यु, हालसम्म ४० जनाको ज्यान गयो

नेपालगन्ज : बाँकेमा कोरोना संक्रमित ब्यक्तिहरुको लगातार मृत्यु भइरहेकोछ । लगातार कोरोना संक्रमितको मृत्यु हुन थालेपछि यतिबेला आम जनतामा त्रासको वातावरण सिर्जना भएकोछ ।

कोरोना संक्रमणको ग्राफ उकालो लागिरहदाँ पछिल्लो समय बाँकेमा कोरोना संक्रमितको निरन्तर ज्यान गइरहेकोछ । जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत एक जना पुरुषको मृत्यु भएकोछ ।

रुकुम चौरजहारि नगरपालिका वडा नम्बर १४ का ३३ वर्षिय ती पुरुषको शुक्रबार बिहान ५ बजे मृत्यु भएको हो । गत असोज २१ गते भर्ना भएका ती असोज २२ गते कोरोना पुष्टि भएको थियो । कोरोना पोजेटिभ पाइएका ती पुरुषको उपचारका लागि अस्जिन, भेनिटलेटर लगायत आवश्यक पर्ने सम्पूर्ण उपचार पद्धती प्रयोग गरिएपनि उनको स्वास्थ्यमा सुधार नआएपछि शुक्रबार बिहान मृत्यु भएको केन्द्रले जनाएकोछ ।

जिल्लामै गत वैशाख १९ गते पहिलोपटक एक कोरोना संक्रमित ब्यक्ति भेटिएका थिए । सो अवधिदेखि हालसम्म बाँके जिल्लामा कुल कोरोना संक्रमित संख्या दुई हजार ५ सय ९८ जना संक्रमित भइसकेकाछन् । जसमा सबै भन्दा बढि नेपालगन्ज उपमहानगरपालिकामा संक्रमित रहेका छन् । भने मर्नेको संख्या पनि यही धेरै रहेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँकेमा हालसम्म ४० जना कोरोना संक्रमितको मृत्यु भइसकेकोछ । हालसम्म मृत्यु भएका मध्ये बाँकेका मात्र २७ जना र बाँके जिल्लामा उपचारका लागि आएका बाहिरी जिल्लाका १३ जनाको मृत्यु भएको केन्द्रले जनाएकोछ ।

यसरी ज्यान गुमाउनेहरुमा नरैनापुर, बैजनाथ, खजुर र जानकी गाउँपालिकाका एकएक जना, कोहलपुर नगरपालिका ४ जना र नेपालगन्ज उपमहानगरपालिकाका १९ जनाको मृत्यु भएकोछ । शुक्रबार दिउँसोसम्म बाँकेमा ६ सय ८ जना सक्रिय कोरोना संक्रमति रहेका छन् । भने ९ महिला र ८ पुरुष गरि थप १७ जनाले कोरोना जितेकाछन् । हाल बाँकेमा कोरोना जित्नेको संख्या एक हजार ९ सय ८० पुगेकोछ ।