बन्द रहेको बागेश्वरीमा प्रहरीको सरसफाई


बन्द रहेको बागेश्वरीमा प्रहरीको सरसफाई

नेपालगन्ज : बाँके प्रहरीले बन्द रहेको बागेश्वरीमा सरसफाई गरेकोछ । पश्चिम नेपालको प्रशिद्ध शक्तिपीठ नेपालगन्ज स्थित बागेश्वरी मन्दिर प्राङ्गण सरसफाई गरेको हो ।

कोरोना भाइरस संक्रमणका कारण सिर्जित असहज परिस्थितीमा गत चैत्रदेखि बन्द रहेको बागेश्वरी मन्दिर परिसर जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी टिमले सोमबार सरसफाई गरेकोछ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक सुरज खत्रीको नेतृत्वमा खटिएको टोलीले बागेश्वरी मन्दिर परिसर सरसफाई गरेको हो ।

कोरोनाका संक्रमणका कारण लामो समयदेखि बन्द रहेको बागेश्वरी मन्दिर चाडबाडको मुखमा समेत खुलेको छैन । यसअघि गृह मन्त्रालयले देशभरका ७७ वटै जिल्लालाई पत्र पठाउँदै धार्मिक स्थल तथा शक्तिपीठ नखोल्न निर्देशन दिइसकेकोछ । यद्यपी लामो समयदेखि बन्द रहेको मन्दिर परिसरमा जमा भएका झारपात, धुलो, फोहोर लगायतलाई ब्यवस्थापन गर्दै सरसफाई गरेको हो ।

Kids Festival 2022
kanti aarogya hospital

बाँके प्रहरीले नजिकिँदै गरेको नेपालीको चाडपर्वहरुका अवसरमा धार्मिक स्थल सरसफाई अभियान चलाएको बताएको छ । सोही अभियान अन्र्तगत पहिलो दिन सोमबार बागेश्वरी मन्दिर परिसर सरसफाई गरिएको हो ।

बाँके प्रहरीले निजिकिदै गरेका चाडपर्वलाई मध्येनजर गर्दै हुनसक्ने सम्भावित अपराधलाई नियन्त्रण गर्न जिल्लामा विभिन्न १४ बुँदे विशेष सुरक्षा योजनालाई पनि सँगै कडाईका साथ अगाडी बढाएको छ ।