नेपाली जनता अभिभावकविहीन बनेकोमा पीडाबोध भएकोछ : राजा ज्ञानेन्द्र


नेपाली जनता अभिभावकविहीन बनेकोमा पीडाबोध भएकोछ : राजा ज्ञानेन्द्र

नेपालगन्ज : राजा ज्ञानेन्द शाहले कोरोना भाइरसको महामारीमा नागरिक जीवन सहज र सुरक्षित बनाउन राजनीतिक दलहरु असफल भएको बताएका छन् ।

उनले विपत्तिमा जनताको जीवन सहज र सुरक्षित बनाउन व्यवस्थापकीय कौशल प्रस्तुत हुन नसकेको बताउँदै प्राकृतिक विपत्ति मानव वसको कुरा नभए पनि विपत्तिसँग भिड्दा नागरिक जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कौशल जिम्मेवार पक्षबाट प्रस्तुत हुन नसक्दा आम जनताको दैनिक जीवन कष्टकर बन्दै गएको उनको ठहर छ ।

दशैंको अवसरमा फुलपातीको पूर्वसन्ध्यामा राजा ज्ञानेन्द्र शाहले शुभकामना सन्देश दिँदै उनले संकटको घडीमा अभिभावकको क्षमता र हैसियत प्रष्ट हुन्छ भन्ने आम मान्यता रहेको भन्दै ‘यस आधारमा हेर्दा नेपाली जनता अभिभावकविहीन बनेको पीडाबोध यतिबेला हुँदैछ ।’ उनले भनेका छन् ।

शाहले दैनिक जीविकाको अत्यावश्यक वस्तुको मूल्यबृद्धि, अभाव र गुणस्तरीयतामा ह्रास जस्ता विषयले जनजीवन पिरोलिएकोमा चिन्ता व्यक्त गरेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

‘समाजमा अनेक अपराधिक गतिविधि र पिशाच प्रवृत्ति बढ्दो छ । यसले मानसिक तनावको परिस्थिति पनि खडा गरेको छ । त्यसैले आज सबैले बढ्दो आशुरी र भष्माशुरी प्रवृत्तिबाट उन्मुक्ति चाहिरहेका छन्,’ पूर्वराजाले भनेका छन् ।

रोजगारीका लागि विदेश गएकाहरु संकटमा रहेको र देशभित्रै श्रम र सीप सदुपयोग गर्ने बन्दोबस्त नभएको उनले बताएका छन् । राहत, रोजगारी र रोगको उपचार खोज्दै भौतारिएकाहरुलाई भरपर्दो आड भरोसा चाहिएको शाहले शुभकाना सन्देशमा उल्लेख गरेका छन् ।