११ हजार बढि सुरक्षाकर्मीमा कोरोना


११ हजार बढि सुरक्षाकर्मीमा कोरोना

नेपालगन्ज : देशभर ११ हजार बढि सुरक्षाकर्मीमा कोरोना संक्रमण पोजेटिभ पाइएकोछ । जसमध्ये संक्रमितमा नेपाल प्रहरीका सबैभन्दा बढी छन् ।

यसरी कोरोना पोजेटिभ पाइनेमा कोरोना महामारी विरुद्ध फ्रन्टलाइनमा खटिएका ११ हजार आठ सय ११ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको हो ।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका गरी ११ हजार ८ सय ११ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।

देशभर हालसम्म प्रहरीमा ६ हजार १४ जनालाई कोरोना भाइरस संक्रमण भएको छ भने ४७ सय ८३ जना डिस्चार्ज भइसकेकाछन् । जसमध्ये सक्रिय संक्रमितमा प्रहरी प्रधान कार्यालयमा ४२३ जना, उपत्यकामा २४५ जना, प्रदेश १ मा १०८ जना, प्रदेश २ मा १२ जना, वाग्मती प्रदेशमा ७२ जना, गण्डकी प्रदेशमा १६१ जना, लुम्बीनी प्रदेशमा ११३ जना, कर्णाली प्रदेशमा ५९ जना र सुदूरपश्चिम प्रदेशमा ३८ जना रहेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

प्रहरीपछि नेपाली सेनामा कोरोना संक्रमितको संख्या बढी छ । सेनामा हालसम्म ४ हजार १ सय ६ जनालाई कोरोना संक्रमण भएकोमा २ हजार ५ सय १२ जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमणकै कारण हालसम्म सेनाका २ जनाको मृत्यु भएको छ ।

यस्तै सशस्त्र प्रहरी बलका १६ सय ९१ जनालाई कोरोना संक्रमण भएको छ । जसमध्ये १३ सय ९१ जना डिस्चार्ज भइसकेका छन् ।

यसैबीच, कोरोना महामारीविरुद्ध फ्रन्टलाईनमा रहेर काम गर्ने सुरक्षाकर्मीले हालसम्म जोखिम भत्त पाउन सकेकाछैनन् । फ्रन्टलाईनमा खटेका नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले आफ्नो सम्पूर्ण विवरण बुझाएपनि उनीहरुलाई जोखिम भत्ता दिनबाट सरकार आनाकानी गरिरहेकोछ ।