कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९०४ पुग्यो


कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९०४ पुग्यो

नेपालगन्ज : कोरोना भाइरसको संक्रमणबाट देशभर थप १७ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १७ जना संक्रमितको मृत्यु भएको हो ।

योसगैं नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय ४ पुगेकोछ । गत साता मात्रै देशभर ११५ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

मन्त्रालयका अनुसार हिजो बुधबार देशभर ११ जनाको मृत्यु भएको थियो भने मंगलबार १४ र सोमबार १५ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

यसैगरी आईतबार कोरोना भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु भएको थियो भने शनिबार देशभर कोरोना भाइरसको संक्रमणबाट १३ जनाको मृत्यु भएको थियो ।