देशभर थपिए २३६४ कोरोना संक्रमित, मृतक संख्या ९०४ पुग्यो


देशभर थपिए २३६४ कोरोना संक्रमित, मृतक संख्या ९०४ पुग्यो

नेपालगन्ज : नेपालमा कोरोना भाइरसका थप २ हजार ३ सय ६४ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर २ हजार ३ सय ६३ जना नयाँ संक्रमित थपिएका हुन् ।

यो सँगै नेपालमा कुल कोरोना भाइरस संक्रमितको संख्या एक लाख ६४ हजार ७ सय १८ पुगेको छ । मन्त्रालयका अनुसार देशभर बिहीबार बेलुकासम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ९ सय ५२ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ३८ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । योसगैं हालसम्म एक लाख २४ हजार ८ सय ६२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७५ दशमलव ५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ९ हजार ७६९ जनाको पीसीआर परीक्षण गरिएको छ । बिहीबारसम्म १४ लाख १९ हजार ६४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

यस्तै मन्त्रालयका अनुसार देशभरका संस्थागत आइसोलेसनमा ७ हजार ९४ जना र होम आइसोलेसनमा ३१ हजार ८९८ जना रहेका छन् । भने देशभर दुई हजार ६८९ जना क्वारेन्टिनमा रहेका छन् ।

यसैगरी देशभर ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३०४ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
यसबीच, कोरोना भाइरसको संक्रमणबाट देशभर थप १७ जना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १७ जना संक्रमितको मृत्यु भएको हो ।

योसगैं नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय ४ पुगेकोछ । गत साता मात्रै देशभर ११५ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

मन्त्रालयका अनुसार हिजो बुधबार देशभर ११ जनाको मृत्यु भएको थियो भने मंगलबार १४ र सोमबार १५ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

यसैगरी आईतबार कोरोना भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु भएको थियो भने शनिबार देशभर कोरोना भाइरसको संक्रमणबाट १३ जनाको मृत्यु भएको थियो ।