दाङका ६५ वर्षिय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा कोहलपुरमा मृत्यु


दाङका ६५ वर्षिय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा कोहलपुरमा मृत्यु

नेपालगन्ज : बाँके जिल्लामा उपचारका लागि बाहिरी जिल्लाबाट आएका थप एक कोरोना संक्रमित ब्यक्तिको मृत्यु भएकोछ ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत राप्ती गाउँपालिका वडा नम्बर १ दाङ्ग निवासी ६५ वर्षिय पुरुषको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

योसहित बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका कुल कोरोना संक्रमित मृतक संख्या १७ पुगेकोछ ।

केन्द्रका अनुसार गत कार्तिक ९ गते कोरोना भाइरस संक्रमणको आशंकामा स्वाब संकलन गरि परीक्षण गर्दा कार्तिक १० गते आएको कोरोना रिर्पोटमा ६५ वर्षिय पुरुषमा कोरोना पोजेटिभ पाइएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

कोरोना पोजेटिभ पाइएका ती पुरुषलाई रोगको प्रकृति अनुसार सम्पूर्ण पद्धतीबाट उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नभएपछि उपचारका क्रममा आज बिहीबार दिउँसो ३ बजेर ५० मिनेटमा मृत्यु भएको केन्द्रले जनाएकोछ । मृतक ती पुरुष लामो समयदेखि मधुमेह रोगबाट पीडित रहेको उनको परिवारले जनाएकोछ ।

केन्द्रका अनुसार कोरोना संक्रमित मधुमेहबाट ग्रसित उनको दुवै फोक्सोको निमोनियाबाट मृत्यु भएको हो ।