बाँकेका तीन प्रयोगशालाबाट थप ७४ जनामा कोरोना पुष्टि


बाँकेका तीन प्रयोगशालाबाट थप ७४ जनामा कोरोना पुष्टि

नेपालगन्ज : बाँकेका तीन प्रयोगशालाबाट थप ७४ जना ब्यक्रिमा कोरोना संक्रमण देखिएकोछ ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँके जिल्लाका १७ महिला र २० पुरुष तथा बाँके जिल्ला बाहिरका १४ महिला र २३ पुरुष गरि ७४ जना ब्यक्तिमा कोरोना संक्रमण देखिएको हो ।

केन्द्रका अनुसार बाँकेमा मात्र बिहीबार ३७ जना ब्यक्रिमा कोरोना पुष्टि भएकोछ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट ९ महिला र १२ पुरुष, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलुरको प्रयोगशालाबाट ८ महिला र ६ पुरुष गरि १४ जना तथा बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टर कोहलपुरको प्रयोगशालाबाट २ पुरुष गरि जम्मा ३७ जनामा कोरोना देखिएको हो ।

बिहीबार बाँकेमा थप भएका कोरोना संक्रमित ब्यक्ति सहित बाँकेमा कुल कोरोना संक्रमणको संख्या तीन हजार ७७ पुगेकोछ। भने बिहीबार मात्रै थप ३४ जनाले कोरोना जितेर घर फर्केकाछन् । योसगैं बाँकेमा कोरोना जित्नेको संख्या दुई हजार ७ सय १२ पुगेकोछ । यसबीच बाँके जिल्लामा मात्र ३० जना कोरोना संक्रमितको मृत्यु भएको केन्द्रले जनाएको छ । भने जिल्लामा ३३५ जना सक्रिय कोरोना संक्रमित रहेकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital

यस्तै भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट ११ महिला र ११ पुरुष गरि २२ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहपुरको प्रयोगशालाबाट २ महिला र १० पुरुष गरि १२१ जना तथा बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टर कोहलपुरको प्रयोगशालाबाट १ महिला र २ पुरुष गरि ३ सहित ३७ जना बाँके बाहिर जिल्लाका ब्यक्तिमा कोरोना देखिएको हो ।

बिहीबार मात्रै दाङ राप्ती गाउँपालिकाका एक ६५ वर्षिय कोरोना संक्रमितको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएसगैं बाँकेमा आइ उपचारका क्रममा बाहिरी जिल्लाका १७ जना कोरोना संक्रमित ब्यक्तिको मृत्यु भइसकेकोछ ।