मोहम्मद डेमा सार्वजनिक विदा


मोहम्मद डेमा सार्वजनिक विदा

नरैनापुर(बाँके) : मुस्लिमहरुको पर्व मोहम्मद डेका अवसरमा नरैनापुर गाउँपालिकाले सार्वजनिक विदा दिएकोछ ।

नेपाली मुसलमान समुदायले भोलि (शुक्रबार) मोहम्मद डे मनाउदैछन् । इस्लाम धर्मका प्रर्वतक हरजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मदिनका अवसरमा सार्वजनिक विदा दिइएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

गाउँपालिकाका अध्यक्ष शाहले दिवसका अवसरामा एक शुभकामना सन्देश जारी गर्दै मोहम्मद हजरत पैगम्बरको प्रेरणादायी जीवन र उपदेशले सबैमा प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गरेकाछन् ।

स्थानीय विदा दिन सक्ने व्यवस्था अनुसार मोहम्मद डेका अवसरमा नरैनापुर गाउँपालिकामा सार्वजनिक विदा दिइएको प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले बताए ।