कुटपिट गरी युवकको हत्या, तीन पक्राउ


कुटपिट गरी युवकको हत्या, तीन पक्राउ

टीकापुर : कैलालीको जानकी गाउँपालिका ५ मा कुटपिट गरी एक युवकको हत्या भएको छ । बिहीबार राति युवाहरुको आक्रमणमा परी लम्कीचुहा नगरपालिका ३ का २२ वर्षीय भरत तिमल्सिनाको हत्या भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख (प्रहरी नायब उपरीक्षक) मधुसूदन न्यौपानेले राति साढे १० बजे जानकी ५ मा युवा समूहको आक्रमणमा परी सख्त घाइते भएका तिमल्सिनालाई उपचारका लागि नेपालगन्ज लगिएकामा अस्पताल पु¥याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेको बताए ।

Kids Festival 2022
kanti aarogya hospital

तिमल्सिनाको हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी नायब उपरीक्षक न्यौपानेले अनुसन्धानका लागि स्थानीय मानबहादुर चौधरी, केशव टमटा र समर चौधरीलाई पक्राउ गरिएको जानकारी दिए । घटना भएको ठाउँ जानकी गाउँपालिका र लम्कीचुहा नगरपालिकाको सीमामा पर्छ । –रासस