हतियारसहित एक पक्राउ


हतियारसहित एक पक्राउ

File Photo

इनरुवा : प्रहरीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ७ बाट बिहीबार हतियारसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय २३ वर्षीय टुमासिंह यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सुराकीका आधारमा घरमा खानतलासी गर्दा प्रहरीले घरमा लुकाइराखेको पेस्तोल फेला पारेपछि यादवलाई नियन्त्रणमा लिएको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

यादवले विभिन्न व्यक्तिलाई ज्यान मार्ने धम्की दिँदै आएको भन्ने प्राप्त सूचनाका आधारमा प्रहरीले उनको घरमा खानतलासी गरेको थियो । हतियारसमेत रहेको भन्ने सूचना अनुरूप खोजतलासका क्रममा शौचालयको सेफ्टी ट्याङ्की छेउमा प्लास्टिकको झोलामा लुकाइराखेको अवस्थामा ‘मेड इन इन्डिया’ लेखेको पेस्तोल फेला परेको प्रहरी उपरीक्षक थापाले बताए ।

पेस्तोलमा लोड गरिएको म्याग्जिन र दुई राउन्ड गोलीसमेत बरामद भएको प्रहरीले जनाएको छ । हतियारसहित पक्राउ परेका यादवविरुद्ध हातहतियार खरखजानासम्बन्धी मुद्दामा कारबाही अघि बढाइएको सुनसरी प्रहरीले जनाएको छ । –रासस